|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा जान सकारात्मक भएको बताएका छन्। 

स्थायी कमिटीको बैठकमा प्रचण्डको भनाईलाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले थाहाखबरसँग भने, ‘हामी सरकार गठनलाई चाँडै पूर्णता दिने तयारी गरिरहेका छौँ। त्यसमा माधवजीहरू पनि सरकारमा जान सकारात्मक देखिनुभएको छ।’

सरकारमा तत्कालै जाने र क-कसलाई पठाउने भन्नेबारेमा कुनै निर्णय निर्णय भइनसकेको समेत बताए। नेता नेपाल समूह सरकारमा आएर प्रदेश प्रमुख र अन्य नियुक्तिमा समेत समावेश गरेर अघि बढ्ने प्रचण्डको भनाइ थियो। 

प्रचण्डले आजै बिहान पनि नेता नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका थिए। नेता नेपाललाई भेटेलगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। 

एमालेको नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रचण्डको दौडधुप चलिरहेको छ। नेपालसँग सत्ता सहकार्यका लागि आग्रह गरेका थिए। 

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेका माधव नेपाल पक्षलाई पनि सरकार सम्मानजनक सहभागिता गराउन प्रचण्डले जोड दिँदै आएका छन्।

एमालेका दोस्रो तहका नेता एकतामा जोड दिइरहँदा वरिष्ठ नेता नेपाल भने एकताको पक्षमा देखिएका छैनन्। उनले एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा पनि असहमति जनाएका छन्। 

नेता नेपालले विभिन्न सार्वजनिक अभिव्यक्तिमा केपी शर्मा ओलीसँग सँगै मिलेर जान नसक्ने संकेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.