|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन्। १२ हजार ६ सय ५५ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय २६ जना र ४  हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ७३ जना गरी ३ हजार ८ सय ९९ जना संक्रमित भेटिएका हुन्।

यही समयमा १ हजार ७ सय ७८ जना संक्रमित सन्चो भएर घर फर्किएका छन्। आज २० जना संक्रमितको मृत्यु भएको छ भने हाल सम्म ९ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ। यस्तै आज काठमाडौंमा ४७५ भक्तपुर १३२ ललितपुर १६७ जना संक्रमित भेटिएका छन्। निषेधाज्ञा खुकुलाे पारिएसँगै काेराेना संक्रमित बढेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.