|

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भारत भ्रमण क्रममा त्यहाँको मानवअधिकार र लोकतन्त्रसँग जोडिएका मुद्दाबारे कुरा गर्ने भएका छन्।

विदेशमन्त्री ब्लिङ्कन जुलाई २७ तारिखका दिन भारत आउँदैछन्।

अमेरिकी विदेश मन्त्रालयका अधिकारी ड्यान टम्प्सनले ब्लिङ्कन भारतमा रहँदा उल्लेखित मामिलामा कुरा गर्ने जानकारी दिएका हुन्।  

भ्रमण क्रममा ब्लिङ्कनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्नेछन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका अधिकारी टम्प्सनले ब्लिङ्कन भारतमा रहँदा त्यहाँका अधिकारीहरू समक्ष मानवअधिकार र लोकतन्त्रको मुद्दा उठाउन आवश्यक रहेको ठानिएको र त्यसो गरिने जानकारी दिएका हुन्।

संसारकै ठूलो लोकतन्त्र मानिने भारतमा लोकतन्त्र र मानवअधिकार नरहेको आलोचना हुने गरेको छ। 

भारत सरकारले भने आफूमाथि लागेको यस्तो आरोपको खण्डन बारम्बार गर्ने गरेको छ।

तर, आलोचकहरूले त्यहाँ व्यक्तिगत स्वतन्त्रतामाथि नै राज्यले अंकुश लगाएको बताउने गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.