|

यसै साता हामीले विश्व जनसंख्या दिवस मनाएका छौँ। विश्वमा सबैभन्दा बढी जनसंख्या चीनमा छ भने भारत, अमेरिका, इण्डोनेशिया र पाकिस्तान क्रमश: धेरै जनसंख्या भएका देश हुन्‌।

एउटा गजबको तथ्य के भने - सबैभन्दा धेरै जनसंख्या भएको चीनभन्दा नेपालमा जनघनत्व बढी छ।

नेपालको जनसंख्या बढी छ वा घटी त? दुबै कुरा सत्य छन्। राम्रोसँग अर्थ-प्राविधिक विकास गर्नसके जनसंख्या कम छ, विकास गर्न सकिएन भने यो धेरै छ। किनकी सत्य अनुभवजन्य विषय हो, अनुमानजन्य होइन। 

'समृद्ध नेपाल-सुखी नेपाली' बनाउने हो भने जनसंख्या एक हदसम्म बढ्दै जानुपर्छ। जे छ-त्यसैलाई बाँडेर खाने हो भने जनसंख्या घट्ने/घटाउने प्रयास गर्नुपर्छ।

वर्ल्ड पपुलेशन रिभ्यूका अनुसार मकाउ विश्वमा प्रतिवर्ग किलोमिटर सबैभन्दा बढी जनघनत्व भएको देश हो, जहाँ एक वर्ग किलोमिटरमा २१,०५५ जना मानिस बसोबास गर्छन्। 

१२ सय घरधुरी भएको गोरखा राज्यले नेपाल एकिकरण गर्दा पृथ्वी नारायण शाहले प्रविधिमा ध्यान दिएर बनारसबाट बन्दुक ल्याएका थिए। तर, सिन्धुलीबाट २४०० अंग्रेजको हतियार सुसज्जित सेनालाई धपाउन आत्मबलका साथ बारुला तथा माहुरीका गोला प्रयोग गरेका थिए। यसको अर्थ विकासमा प्रविधिका साथै उत्साही जनता हुन पनि आवश्यक छ।

दोश्रो स्थानमा रहेको मोनाकोमा १९ हजार १५० मानिसहरू १ वर्ग किलोमिटरभित्र गुजारा गर्छन्। त्यस पछिको स्थानमा सिंगापुर, हंगकंग र जिब्राल्टर पर्छन्। जहाँ क्रमशः ८ हजार १०९, ६ हजार ६७७ र ५ हजार ६२० मानिस एक वर्ग किलोमिटरभित्र बसोबास गरिरहेका छन्।

८ वटा दक्षिण एशियाली मुलुकमध्ये माल्दिभ्सको जनघनत्व सबैभन्दा बढी १ हजार ८१२ प्रति वर्ग किलोमिटर रहेको छ। यसक्रममा नेपाल विश्वको ७० औ स्थानमा रहेको छ र जनघनत्व यहाँ प्रति वर्ग किलोमिटरमा २०२ जना छ।

ग्रिनल्याण्ड, फल्कल्याण्ड, अन्टार्कटिकाजस्ता मानिस नै नबस्ने ठाउँलाई छाडिदिने हो भने मंगोलिया विश्वमा सबैभन्दा कम जनघनत्व भएको देश हो-जहाँ जम्मा २ जना मानिस प्रति वर्गकिलोमिटरमा बसोबास गर्छन्‌।

विश्वको सबैभन्दा धनी देश अमेरिका-जुन विश्वको तेश्रो बढी जनसंख्या भएको देश पनि हो, यहाँको जनघनत्व ३५ प्रति वर्गकिलोमिटर छ भने सबैभन्दा बढी जनसंख्या भएका देश चीन र भारतमा क्रमशः १४९ र ४२४ जना बसोबास गर्छन्।

माथि उल्लेखित कुनैपनि जनघनत्ववाला तथ्याङ्‌कले जनसंख्या व्यवस्थापनमा त्यो देशको दक्षतालाई प्रतिविम्बित गरेको छैन। मकाउ, जुन चीनको नजिक छ, जसको जम्मा क्षेत्रफल ३० वर्ग किलोमिटर छ। मोनाको एक युरोपेली देश, जसको क्षेत्रफल जम्मा २ वर्ग किलोमिटर छ।

यसर्थ प्रति वर्गकिलोमिटर जनघनत्वको तथ्याङ्‌कले जनसंख्या व्यवस्थापनमा त्यो देशको अर्थ-शासकीय क्षमतालाई प्रकाशित गरेको हुँदैन।

माल्दिभ्सको क्षेत्रफल जम्मा ३०० वर्गकिलोमिटर छ। त्यहाँ जनघनत्व आँकडागत रूपमा बढी देखिएपनि नेपाल जत्तिकै क्षेत्रफल भएको बंगलादेशको जनसंख्यालाई सबैभन्दा चुनौतिपूर्ण मान्नुपर्छ। किनकी १ लाख ४७ हजार ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो देशको जनसंख्या १६ करोड ६३ लाख ३ हजार ४९८ छ, जसअनुसार प्रतिवर्ग किलोमिटर ११२७ जनघनत्व छ।

ज्यादै थोरै क्षेत्रफल भएको देशमा अत्यधिक व्यापार, पर्यटन र मनोरञ्जनका कारणले जनघनत्व बढी भएपनि त्यसलाई व्यवस्थित गर्न सकिन्छ। तर, ५० हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएको देशमा एक हजारभन्दा बढी जनघनत्व व्यवस्थापन गर्न निकै कठिन हुन्छ। यस कोणबाट हेर्दा बंगलादेशको जनसंख्या निकै धेरै छ।

नेपाल र बंगलादेशको तुलना गर्दा नेपालमा निकै कम जनघनत्व छ। तर, भूबनोटलाई हेर्न हो भने नेपालको १७ प्रतिशत भूभाग हिमाली क्षेत्रमा पर्छ। २८०० मिटरदेखि माथि ५००० मिटरसम्म केही बस्ती भएपनि त्योभन्दा माथि ८८४८.८६ मिटरको उचाइसम्म अन्टार्कटिका जस्तै बस्तीविहीन छ।

पहाडका बस्तीहरू पातलिँदै गएको छ। त्यहाँका मानिसहरू बेँसी तथा केही समथर ठाउँ र तराईमा बसाँसराइ गरेका छन्। बंगलादेशमा समथर जमिन र समुद्रको सहारा बढी हुनाले जनसंख्या बढी भएपनि व्यवस्थापन हुनसकेको छ, जुन नेपाल र मंगोलियामा सम्भव छैन।

जनसंख्याको ठीक आकार कति हो भन्ने प्रश्न व्यापक रूपमा जनमानस, बौद्धिक बहसकर्ता र नीति निर्माताहरूका लागि विचारणीय प्रश्न हो। नेपालमा जनगणना वि.सं. १९६८ मा शुरू भएपछि १९७८ र १९८८ सम्म जनसंख्या पहिलेभन्दा घटेको थियो। त्यसैले,जनसंख्या घट्दैमा विकास हुन्छ भन्ने कुरा मिल्दैन। त्यसपछिका प्रत्येक जनगणनामा २.६४ प्रतिशतदेखि १.०४ प्रतिशतका दरले जनसंख्या बढिरहेको छ।

उमेर समुहअन्तर्गत १४ देखि ५९ वर्षका कर्मशील व्यक्ति बढी भएको बेला विकास बढी हुन्छ भनी सन् १९९२ देखि सन् २०४७ लाई 'जनसांख्यिक अवसरको झ्याल' भन्ने नामाकरण गरिएको छ।

नेपालमा यस अन्तर्गतका ५५ वर्षहरू मध्ये २९ वर्ष बित्यो र अझै २६ वर्ष बाँकी छ। यो अवधिमा नेपालमा विगतको तुलनामा धेरै विकास भएको छ। अझै २६ वर्ष बाँकी नै छ। अझै विकास हुँदै जाने आशा गर्न सकिन्छ।

यो परिदृश्य पटलमा एउटा प्रश्न अहिले पनि उठ्छ-के नेपालमा जनसंख्या बढी छ? के जनसंख्या नियन्त्रण अबका राष्ट्रिय आवश्यकताको विषय गराउनुपर्ला। पछिल्लो पटक जम्मा १.०४ प्रतिशतले जनसंख्या बढ्यो। देशमा युवा जनशक्ति आउनका लागि बच्चा त जन्मनैपर्छ। सम्भवत: यही कारणले सन् १९८० देखि एक सन्तान नीति बनाएको चीनले २०१६ बाट दुई र अब तीन बच्चा नीतिमा जाँदैछ। अन्यथा; केही समयसम्ममा भारतले चीनलाई जनसंख्यामा उछिन्नेछ। रूस, इटाली र सिंगापुर पनि जनसंख्या बढाउन चाहन्छन्। किनकी, उनिहरूलाई जनशक्ति आवश्यक छ।

चीनले मानव शक्तिलाई आर्थिक शक्तिमा परिणत गरिरहेको छ। त्यो प्रगति पथमा युवाहरूको संख्या घटेमा हुनसक्ने क्षतिलाई अनुमान गरेर नै तीन सन्तान नीति अघि सारेको हो। जनसंख्या नियन्त्रण गर्नुपर्छ, यसमा द्विविधा छैन। तर, कुन मात्रामा नियन्त्रण गर्ने भन्नेबारे वैज्ञानिक अध्ययन हुनुपर्छ।

जनसंख्या नभइ देश, समाज तथा परिवारको खुशी सम्भव हुँदैन। जापानमा झैँ १०० वर्षभन्दा बढी उमेरको जनसंख्याले पनि देशमा रौनक ल्याउन सक्दैन। तसर्थ, जनसंख्यामा कति वृद्धि गर्ने वा नियन्त्रण गर्ने भन्नेबारे राज्य स्पष्ट हुन जरुरी छ।

जनसंख्या नियन्त्रण गर्न सजिलो होला, तर चाहेको बेलामा बढाउन कठिन हुन्छ। त्यसैले अहिलेबाट नै आगामी दशकमा नेपालका कति आदर्श जनसंख्या हुनुपर्छ भन्ने अनुमान गरी त्यस अनुसारको रणनीति बनाउन जरुरी छ।

नाइजेरिया, इन्डोनेसिया, भारत, बंगलादेश र पाकिस्तानमा जस्तो विष्फोटक जनसंख्या चाहिँदैन। तर, आजको नीतिले आगामी केही दशकमा देश बालबालिका विहीन बन्ने अवस्था पनि सृजना हुनुपनि हुँदैन।

१९३८ देखि २०६८ सम्म देशको प्रजननदर र मृत्युदर दुबै घटेको छ। २०६८ मा प्रजननदर प्रतिहजार ४.१ र मृत्युदर ६ रहेको छ। यो दुवै घटेको अवस्था हो र राम्रो पनि हो। तर, यसले निकट भविष्यमा बच्चा घटाउने र वृद्ध बढाउने अवस्था देखिन्छ ।

त्यसैले नेपालले पनि लिङ्‌ग पहिचान गरेर गर्भपतन गराउने कामलाई रोक्नुका साथै उचित जनसंख्याको एक लक्ष्य निर्धारण गर्न जरुरी छ। शहरी जोडीमा अहिले बच्चा कम जन्माउने होड नै चलेको छ। यो प्रवृत्ति बढ्दै गएमा दीर्घकालमा समस्या बन्नसक्ने भएकाले यसलाई व्यवस्थित गर्न जरुरी छ।

अब २०७८ मा गरिने जनगणनापछि अवस्था के रहन्छ त्यो हेरेर जनसंख्या रणनीतिबारे सोच्नुपर्छ। विकासका लागि जनसंख्या थोरै भएपनि हुन्छ, यसका लागि प्रविधि प्रमुख हुन्छ। 

१२ सय घरधुरी भएको गोरखा राज्यले नेपाल एकिकरण गर्दा पृथ्वीनारायण शाहले प्रविधिमा ध्यान दिएर बनारसबाट बन्दुक ल्याएका थिए। तर, सिन्धुलीबाट २४०० अंग्रेजको हतियारसज्जित सेनालाई धपाउन आत्मबलका साथ बारुला तथा माहुरीका गोला प्रयोग गरेका थिए। यसको अर्थ विकासमा प्रविधिका साथै उत्साही जनता हुन पनि आवश्यक छ।

त्यसैले नेपालले पनि लिङ्‌ग पहिचान गरेर गर्भपतन गराउने कामलाई रोक्नुका साथै उचित जनसंख्याको एक लक्ष्य निर्धारण गर्न जरुरी छ। शहरी जोडीमा अहिले बच्चा कम जन्माउने होड नै चलेको छ। यो बढ्दै गएमा दीर्घकालमा एक समस्या बन्नसक्ने भएकाले यसलाई व्यवस्थित गर्न जरुरी छ।

जनसंख्यालाई जसरी बोझका रूपमा व्याख्या गरिन्छ-त्यो होइन। जनताको जीविकालाई आर्थिक रूपमा सम्पन्न बनाएर जनसंख्याको आकार व्यवस्थित गर्नपर्छ।

यद्यपी; कतिपय देशले विदेशबाट आउनेलाई खुला गरेर पनि जनसंख्या बढाएका उदाहरण छन्। त्यो चाहिँ ठूलो जनसंख्या रहेका दुई छिमेकीबीच रहेको नेपालका लागि हानिकारक ठहर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.