रिमाल र भुसालले देखेको मिलनविन्दु केपी र माधवले नदेख्नु किन?

|

जे भने पनि बुढो पुस्ताभन्दा नयाँ पुस्ता फराकिलो र जिम्मेदार सोच राख्छ। अहिले नेकपा (एमाले) ले बनाएको पार्टी एकीकरण कार्यदलले गरेको काम धेरै राम्रो छ। यसले सफलता पाओस्, हामी लाखौंको शुभकामना छ। यद्यपि यो पनि नयाँ रक्त समूह त होइन।

यसमा आफूले निर्माण गरेका कार्यकर्ताको बहुलता भएको हुनाले यो कार्यदलको सफलताले ममा पनि नयाँ रक्त संचार गराएको छ। हामी नरहे पनि पार्टीले निरन्तरता पाउनेछ। हामीले गरेभन्दा बढी काम गरेर देखाउनेछ।

मैले भनेको हुँ बुढा भयौं हामी। पार्टीको जिम्मा नयाँ पुस्तालाई दिऊँ र सल्लाहकारको भूमिकामा बसौं। कसैले मान्नु भएन। मानेको भए म जसरी नै आनन्दले पार्टीको सांगठनिक कामबाट अलग भएर कार्यकर्ताको पौरख हेरेर सुस्ताउन पाइन्थ्यो। मान्छेले सबैलाईं ढाँटन सक्छ। आफूलाई त्यसले कहिल्यै ढाँट्न सक्दैन। 

प्रष्टरूपमा भन्ने हो भन्ने हो नेपालका जति पनि पूर्व-प्रधानमन्त्रीहरु हुनुहुन्छ उहाँहरू अहिले यस्तो काम गरिरहनुभएको छ। प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई टप्ने क्षमता अब कसैमा देखिएन। तर स्वयम् केपी ओलीको हालत पनि पूर्व-प्रधानमन्त्री हैसियतमा पुगिसकेको छ।


गृहमन्त्री भएको बेला वामदेव कमरेडले मलाई भन्नुभएको थियो, ‘अब त झर्को लाग्न थालेछ। पार्टी कार्यकर्ताको तपाईं जिम्मा लिनुस् म अरू हेरौंला।’ म त्यतिबेला उहाँको सल्लाहकार थिएँ। मलाई यसो  भनिरहेको बेला, उहाँ ६८ वर्षको हुनुहुन्थ्यो। म चाँहि अहिले ६८ वर्षको भएको छु र आफ्नो दयित्व पूरा गरिरहेको छु भन्नेमा विश्वस्त छु।

मेरो एकजना साथी हुनुहुन्छ मभन्दा अलिकति जेठो। मदन राई हो उहाँको नाम। खोटाङ जिल्लामा उहाँले शुभम् नामको विद्यालय चलाउनुभएको छ। बडो रमाइलो छ उहाँ विद्यालय। बिहान सूर्योदयसँगै उहाँ र उहाँका विद्यार्थीहरुको काम सुरु हुन्छ।

नित्यकर्म सकेपछि उहाँहरूको जीवनकार्य सुरु हुन्छ। कोही गाईंसँग रमाइरहेका हुन्छन् कोही सुँगुरको स्याहार गरी रहेका हुन्छन्। कोही बाख्रा तानिरहेका हुन्छन्। कोही भान्सामा काम गरिरहेका हुन्छन्। यो उनीहरुको दैनिकी हो।

जीवनको शिक्षा भन्छु म यसलाई। बिहानको परिश्रम सकेपछि उनीहरू बिहानको खाजा खान्छन्। त्यसपछि उनीहरु कुनै काम बाँकी रहेको छ भने त्यो सिध्याएर उनीहरू पढ्न थाल्छन्। तपाईंहरूलाई जानकारी दिऊँ उहाँ, अर्थात् मदन राई, एमाले होइन। 

यदि कम्युनिस्ट पार्टी नै, वैयक्तिक स्वतन्त्रता दिने पार्टी हो भनेर भन्न सक्ने ज्ञान तपाईंहरूसँग हुन्थ्यो भने हामीले यस्तो दुःख पाउने थिएनौं। आफ्नै विगतप्रति हामीलाई पछुतो हुने थिएन।

हाम्रा सबै सामुदायिक विद्यालय यस्तै भइदिए नेपाल कहाँ पुग्थ्यो होला। राजनीतिले उहाँलाई नछोएको होइन। मदन राईलाई मैले भन्ने गरेको छु  ‘शुभम् नै तपाईंको जीवन दर्शन हो। राजनीति हो। कम्तीमा तपाईंले हरेक प्रदेशमा एउटा मात्र शुभम् चलाइदिनुभयो भने तपाईं नेपालका सबै नेताभन्दा माथि हुनुहुन्छ।’ तर उहाँले अहिलेसम्म मेरो कुरो खानु भएको छैन। 

नेपालको सिद्धान्तहीन राजनीतिले उहाँलाई तानेको तान्यै छ। राजनीतिलाई चट्ट छोडेर उहाँले सात प्रदेशमा सात शुभम खोल्नुभयो भने १२ कक्षा पढेको नेपाली विद्यार्थी एउटा राम्रो कृषक भएर निस्कन्छ।

६० वर्ष नाघेको एउटा नेताले एउटा मात्र शुभम् चलाइदिए नेपालको हालत कहाँ पुग्थ्यो अहिले त तपाई कल्पना पनि गर्न सक्नु हुन्न। मैले परम्परागत ढंगले कुखुरा पालन गर्नु होस, बाख्रा पालन गर्नु होस पनि भनिरहेको छैन। कम्तीमा जीवनलाई काम लाग्ने शिक्षा दिने शिक्षालय चलाउनुस् मात्र खोजेको हुँ।

सांसद भइसकेको मान्छेका लागि यो कुनै अनौठो र अप्ठ्यारो विषय पनि होइन। सरकारले दिने सामाजिक सुरक्षा भत्ताले मात्र  खान लाउन पुग्दैन। तर, एउटा शुभमले तपाईंलाई खान, लाउन र सबै खाले रमाइलो दिन सक्छ।

अल्छी राजनीति र कर्मशील जिन्दगीमध्येमा, म चाँहि कर्मशील जिन्दगीमा विश्वास गर्ने मान्छे हुँ। सधैं उत्तिकै सकृय भएर लागिरहन सकिन्न। तर जति सकिन्छ, त्यति मात्रै गरेर भए पनि जीवन चलाउँदा आनन्द आउँछ भन्ने मलाई सधैं लागिरहन्छ। 

मैले आफ्नो इच्छापूर्तिका लागि अरूमाथि बोझ भएर बस्नुको कुनै औचित्य म देख्दिनँ। हाम्रो देशमा यस्तो औचित्य नभएको काममा मेरा धेरै ‘कामरेड र साथीहरू’ लागिरहनुभएको देख्दा मलाई चाहिँ कुरीकुरी लाग्छ।

प्रष्टरूपमा भन्ने हो भन्ने हो नेपालका जति पनि पूर्व-प्रधानमन्त्रीहरु हुनुहुन्छ उहाँहरू अहिले यस्तो काम गरिरहनुभएको छ। प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई टप्ने क्षमता अब कसैमा देखिएन। तर स्वयम् केपी ओलीको हालत पनि पूर्व-प्रधानमन्त्री हैसियतमा पुगिसकेको छ। 

काम नगरी खान खोज्ने एउटा बानी अधिकांश नेपालीमा देखिन्छ। यो कसैलाई नलाग्नु पर्ने रोग हो। काम नगर्ने तर खान चाँहि पर्ने। खाडीदेखि मलायासम्म, अस्ट्रेलियादेखि अमेरिकासम्म सबैलाई नेपाली श्रमले धानेको छ। हाम्रा मान्छे विदेशमा छन् भनेर हामी नाक ठाडो पार्छौं। तर, प्रवासी कामदारको पीडा हामीले महसुस गर्नै सक्दैनौँ। किन? किनभने नेपालमा जस्तै अन्यत्र पनि काम नगरी खान पाइन्छ भन्ने अन्धविश्वासमा हामी रुमल्लिइरहेका छौं।

हामी आफ्नै कार्यकर्ताका बोझ भएका छौं। यसको जिउँदो उदाहरण हो पार्टी मिलनका बनाइएको कार्यदल। मरी मरी काम गरेर एउटा सहमतिमा पुग्यो ( दुई नेता मान्दैनन्। मिलनको दोस्रो ड्राफ्ट लग्यो। नेताहरूका लागि त्यो पनि मान्य हुँदैन। यसको अर्थ के हो भने अब हामी पार्टीमा नेता भएर होइन बोझ भएर बाँचेका छौं। 

जुन कुरामा विष्णु रिमाल र घनश्याम भुसाल मिल्ने ठाउँ भेट्नु हुन्छ, त्यही कुरामा केपी ओली र माधव नेपाल किन भेट्नु हुन्न? कार्यकर्ताले भेटेको कुरामा त उहाँहरू झन् पहिले पुग्नु पर्ने हो। यो पार्टी छ र म छु  भन्ने ठाउँमा हाम्रा कुनै नेता पुग्न सक्नु भएको छैन। पार्टी ठूलो भएकै हुनाले उहाँहरू ठूलो हुनु भएको छ। केपी र माधव बढी आत्मकेन्द्रित हुनुभएको छ पहिले आफूलाई देख्नुहुन्छ पार्टीलाई पछि।

मदन भण्डारी हुनुहुन्थ्यो कुनै बेला हाम्रो नेता, जसले हामीलाई जनताको बहुदलीय जनवाद दिनुभयो। यस्तो केही तपाईंहरूले त दिनसक्नु भएको छैन। तपाईंहरूले त अहिलेसम्म मार्क्सवाद सबैभन्दा पहिले वैयक्तिक स्वतन्त्रताको ग्यारेन्टी दिने दर्शन हो भनेर पनि भन्न सक्नु भएको छैन। 

यदि कम्युनिस्ट पार्टी नै, वैयक्तिक स्वतन्त्रता दिने पार्टी हो भनेर भन्न सक्ने ज्ञान तपाईंहरुसँग हुन्थ्यो भने हामीले यस्तो दुःख पाउने थिएनौं। आफ्नै विगतप्रति हामीलाई पछुतो हुने थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.