|

राजनीतिमा लागेपछि अनौठा अनौठा कुराहरु भोग्नु पर्दो रहेछ। खास गरेर प्रहरीको निगरानी, सुराकीहरुको पछ्याई। कुनै बेला घटनाहरूका बारेमा सविस्तार कुरा गरौंला। यहाँ चाहिं मन्त्रिपरिषदमै बसेको बेलाको डर पस्किनु परेको घटना पस्किन चाहन्छु म।

शिक्षामन्त्री थिएँ त्यतिबेला म। म फिनल्याण्ड भ्रमणमा गएको बेला यहाँ माओवादी केन्द्रको शिक्षक संगठन (इस्टु)ले विद्यालय बन्द गरेछ। विमानस्थलमै पत्रकारले मलाई सोधे, ‘इस्टुको आन्दोलनलाई कसरी सम्बोधन गर्नुहुन्छ?’

‘आन्दोलनका बारेमा मसँग कुनै जानकारी छैन। सरकारलाई कुनै जानकारी नदिइ उहाँहरुले आन्दोलन शुरु गर्नु भएछ।’

विमानस्थलमा मेरो जवाफ सुनेर इस्टुका साथीहरुले मलाई पेल्ने निर्णय गरेछन्। म पनि सजिलै पग्लिन तयार थिइन। किनभने आन्दोलन गर्नु पूर्व गर्नुपर्ने कुनै पनि कुरो उनीहरुले पुरा गरेका थिएनन्।

एक हप्ते अनसन तन्किने भयो। अनशन पनि मज्जाको थियो। दिनभरि तोकिएको ठाउँमा बस्यो। अनि बेलुका उठेर गयो। यस्तो आन्दोलनलाई ‘रिले’ अनसन भनिँदो रहेछ।

१२ दिनसम्म पनि मैले कुनै वास्ता नगरेपछि उहाँहरुमा फिट् फिटी बढ्दै गएको मन्त्रालयका कर्मचारीले पनि थाहा पाउन थालेछन्।

एक्कासी मञ्चमा आए नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह। उनले भने ‘तपाईंले पुरै बेवास्ता गरको हुनाले माओवादी शिक्षकहरु आत्तिन थालेका छन्। उनीहरु यही निवासमै पनि बस्न तयार छन्। दाइले एकचोटी वार्तामा बोलाइ दिनु पर्‍यो। दाइले सार्वजनिक आह्वान पनि गरिरहनु पर्दैन। अध्यक्षलाई यसो फोन गरिदिनु भए, म सबै कुरो मिलाई दिन्छु।’

‘तपाई कहाँ कांग्रेसको सांसद, इस्टु वालाहरू माओवादी। तपाईले भनेर म किन काम गरुँ, फजिति बेहोर्न।’

‘दाइलाई केही थाहै छैन। मेरो पहुँच कहाँ कहाँ छ भनेर।’ अमरेश कतै फोन गरे आफ्नै मोबाइलबाट।

‘हेर्नुस, मलाई थाहा समेत नदिई गरेको आन्दोलनलाई सार्वजनिक आह्वान गरेर वार्तामा बोलाउन सक्दिन’ भन्नुहुन्छ मन्त्री ज्यु। त्यसैले आन्दोलन स्थगित गर्नुस् आजै। आजै उहाँले तपाईंहरुलाई वार्तामा बोलाउनु हुनेछ। बेलुकाको सात बजेको खबरमा तपाईंहरुको वार्ताको समाचार रेडियो नेपालबाट सुन्न पाउनु हुनेछ।

उताबाट बोलेको केही सुनिएन। उसै पनि मलाई सुन्ने रहर थिएन। इस्टुको आन्दोलन, अमरेश कुमार सिंहको व्यवस्थापन। कतै केही कुरै मिल्दैन। तर त्यसपछि अमरेशको भनाई सुनेपछि म शितांग भएँ।

अमरेशले फोनमा भनेका थिए, ‘तपाईं त्यसको टेन्सन नलिनुस्। भरे नै मेरो प्रचण्डजीसँग कुरो हुँदैछ। तपाईंहरु आफ्नो वक्तव्य दिनुस्। म शिक्षामन्त्री ज्यू समक्ष आजै वार्तामा बोलाउन भन्नेछु। फोनमा उताबाट आएको प्रत्युत्तर मैले सुनिन।

‘अरे शिक्षामन्त्री जी र मेरो बीच राम्रो सम्बन्ध छ। त्यसको चिन्तै नलिनुस्।’

‘भाइ, तपार्इंले त जिम्मै लिनु भयो त।’

‘अरे दाइ, यस्ता सानातिना कुरामा केही अप्ठ्यारो प¥यो भने दाइले मलाई भन्नुहोस् म सबै मिलाइ दिन्छु।’

चिया खाँदै थियौं हामी। अमरकोशको फोन बज्यो।

‘यहाँ हार्ने जित्ने कुरै छैन। आफूलाई थाहै नदिई थालिएका आन्दोलन स्थगित नगरी म कसैलाई वार्तामा बोलाउँदिन भन्नुहुन्छ मन्त्रीज्यू।’

फेरि फोन आयो। मेरो कुनै काम थिएन एकोहोरो कुरा सुन्ने बाहेक।

‘त्यो जिम्मा मेरो भो। मैले मन्त्रीज्यूसँग सोधेरै शिक्षक साथीलाई भनेको हुँ। आज आठ बजे म तपाईलाई भेट्न हिसिला कमरेडको क्वार्टरमा आउँछु।’

‘भाइ, कसको फोन हो, मैले सोध्न मिल्छ ?’

‘किन नमिल्ने दाइ ? प्रचण्डजीको फोन हो।’

मैले झस्किन मिल्दैनथ्यो। तर मेरो सिंगो शरीर शीताङ्ग भयो। र त्यो अहिले पनि भैरहेछ।

अलिअलि शब्दहरू यताउती भएका होलान्। तर त्यो दिन अमरेश र म बीच भएको कुरा यहि हो। अमरेश भाइ अहिलेसम्म जीवितै हुनुहुन्छ। यसको सत्यापन उहाँले पनि दिन सक्नु हुन्छ।

यो संस्मरणले मार्फत मैले आफ्नो मुलुकको जानकारी दिन खोजेको हुँ। कसरी भारतले आफ्नो व्यवस्थापन मिलाउँदो रहेछ भन्ने जानकारी सायदै कुनै नेपालीलाई थाहा हुँदो हो। भारतका आफ्नै डङ्गुर समस्या छन्। तर तिनलाई पन्छाएर पनि छिमेकी देशको बन्दोबस्ती मिलाउन किन चासो बढेको हो ? चुप लागेर आफ्नो समस्या समाधान गर्नतिर लाग्नु नि !

दक्षिणतिर बसेको छिमेकीको रुपमा ‘विशाल भारत’ रहेसम्म नेपालीहरुले अनावश्यक दुःख पाइ नै रहन्छन्। अमरेशले नि:स्वार्थ सहयोग त अवश्य दिएका होइनन् होला।

त्यो साँझ हिसिला कमरेडको बैठक कोठामा, छ वटा जीपमा आएका मानिसलाई भारतले किन पालेको होला। त्यतिका मान्छे भारतमै पनि होलान्।

यद्यपि सिमा समस्या भारतको सबै छिमेकीसँग चीनसँग सीमाक्षेत्रमा एक प्रकारको लडाईं नै चलिरहेको छ। डोकलाममा किन निहुँ खोज्न गएको होला भारत ? पाकिस्तानसँगको सम्बन्ध हेर्दा यस्तो लाग्छ कुनै बेला यी देश एउटै थिए भन्न पनि मुस्किल हुन्छ। भुटानले मुख नखोलेको मात्र हो।

नेपाली सिमाना भुटानसँग जोडिएको रहेछ। नेपालले ग्रेटर नेपालको कुरो धेरै पछि उठाएको हो। जति चुप लाग्ने त्यति मिचिरहने नेपालले आँखा चिम्लिन छोडेको प्रमाण ग्रेटर नेपालको मुद्दा हो।

युद्ध लडेर कसैले जित्दैन। त्यसैले शान्तिकै बाटो अवलम्बन गर्ने हो। पहिला हामीसँग केही थिएन। माने पनि नमाने पनि अहिले एउटा विशेषज्ञ समूह त बन्यो। त्यसले दिने साझा निष्कर्षलाई सधैंभरि दिल्लीले पन्छाउन सक्दैन।

आदरणीय अम्बर गुरुङको यी पंक्ति मलाई पस्किन मन लाग्यो – सुगौली सन्धी हामीले बिर्सेका छैन भनि देउ, किल्ला काँगडा हामीले बिर्सेका छैनौ भनि देउ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.