|

काठमाडौं : राइड सेयरिङ पठाओ कम्पनीले भोलि (मंगलबार)बाट सेवा सञ्चालन गर्ने भएको छ। सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न दिने भएपछि कम्पनीले सेवा सञ्चालन गर्न लागेको हो।

पठाओ कम्पनीका एक कर्मचारीका अनुसार जोरबिजोर प्रणालीबाट पठाओ सेवा दिइने छ। ‘भोलिबाट हाम्रो सेवा सुचारु हुने छ,’ती कर्मचारीले भने,‘राइडर अनिवार्य पिपिइ मास्क,पञ्जा लगाएका हुने छौँ,ग्राहकलाई पनि मास्क,सेनीटाइज गर्न लगाएर सेवा दिने छौँ।’

त्यस्तै,टुटलले पनि मंगलबारबाटै सेवा दिने जनाएको छ। आइतबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुसँग बसेको बैठकले जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सार्वजनिक सवारीसाधन सञ्चालनमा भने अझै रोक लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.