|

काठमाडौं :  युरो कप फुटबलमा आज चार खेल  हुँदैछन्।

जारी युरो कपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ का  दुई दुई खेल हुनेछन्। समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन्। युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे नै सुरु हुनेछ।

समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ। बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ। दुई टिमबीचको खेल राति १२ः४५ मै सुरु हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.