|

संखुवासभा : कोरोना त्रास र निषेधाज्ञाका कारण खाँदबारी नगरपालिका –८ मा बेहुलाले मोटरसाइकल चढाएर बेहुलीलाई घरमा भित्र्याएका छन्।

धर्मदेवीको आँखीभूईबाट बेहुला बेहुली शनिबार एउटै मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। निषेधाज्ञाका कारण तामझाम नगरी बेहुलाले आफैले  मोटरसाइकल चढाएर बेहुलीलाई घरमा भित्र्याएका हुन्।

खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले मोटरसाइकल चढाएर बेहुली भित्र्याएका छन्।  सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका छन्। उनले निषेधाज्ञाका कारणले थोरै आफन्तको उपस्थितीमा विहे गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.