|

काठमाडाैं : दोस्रो खेलमा पनि पराजय भोगेपछि डेनमार्क युरोकपको समूह चरणबाटै बाहिरहेको छ। उसलाई आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले २-१ गोलअन्तरले पराजित गरेको हो। 

युसुफ पोलिसनको मद्दतमा खेलको दोस्रो मिनेटमै गोल गरेर आक्रमक सुरुवात गरेको डेनमार्क दोस्रो हाफमा सम्हालिन नसक्दा दुई गोल खान पुग्यो। बोरुसिया डर्टमुन्डका थोर्गन हाजार्डले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरे भने आज डेब्यु गरेका म्याचेस्टर सिटीका केभिन ड्रि बुनले ७० औं मिनेटमा गोल गर्दै बेल्जियमलाई जित दिलाए।  

यता बेल्जियम भने दोस्रो चरणमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका डे ब्रुनोले आजको खेलमा प्रभावशाली प्रदर्शन गरे। उल्लेख्य मात्रामा घरेलु मैदानमा दर्शकको समर्थन बटुलेको डेनमार्कले उत्कृष्ट प्रदर्शन गरे पनि हार टार्न भने सकेन।

पहिलो खेलमा फिनल्याण्डसँग १‍-० को नमीठो हार बेहोरेको डेनमार्क दुई खेलपछि पनि अंक बटुल्न सकेको छैन। अब डेनमार्कले समूह चरणमा एक मात्र रूससँग खेल्न बाँकी छ। उक्त खेलमा जित निकाले ऊसँग मात्र तीन अंक हुनेछ। समूह चरण पार गर्ने ऊसँग अब मात्र झिनो आशा छ। 

अब डेनमार्क दोस्रो चरणमा अटाउन समूहका रहेका अन्य तीन देशको खेलका साथै रुसलाई हराउनुपर्ने छ। त्यसमा पनि गोल अन्तरले निकै ठूलो भूमिका खेल्नेछ। फिनल्याण्डले बेल्जियमसँग हार बेहोरे मात्र डेनमार्कले समूह चरण पार गर्ने देखिन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.