|

काठमाडौं : टेष्ट क्रिकेटको इतिहासमा पहिलो आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल भोलिदेखि सुरु हुँदै छ।

फाइनलमा भारत र न्युजिल्याण्ड खेल्दै छन्। यी दुई देशबीचको फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि साउथेम्प्टनमा सुरु हुनेछ। उत्कृष्ट लयमा रहेका दुवै टोलीबीचको फाइनल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

फाइनलका लागि भारतले प्लेइङ–११ घोषणा गरेको छ। बिहीबार साँझ बिसिसीआईले विराट कोहलीको कप्तानीमा प्लेइङ–११ घोषणा गरेको हो।

रोहित शर्मा र शुभमन गिलले ओपनिङ गर्नेछन्। त्यस्तै, चेतेश्वर पुजारा तेस्रो नम्बरमा, कप्तान विराट कोहली चौथो नम्बरमा र अजिंक्य रहाणे पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन्।

ऋषभ पन्त छैटौंमा विकेटकिपर ब्याट्सम्यानको रूपमा खेल्नेछन्। रवीन्द्र जडेजा सातौं नम्बरमा र रविचन्द्र अश्विन आठौं नम्बरमा मौका पाउनेछन्। नवौं स्थानमा मोहम्मद शामी, दशौं नम्बरमा इशान्त शर्मा र एघारौं स्थानमा जसप्रित बुमराह रहनेछन्।

उमेश यादव, मोहम्मद सिराज, हनुमा विहारी र ऋद्धिमान साहले भने प्लेइङ–११ मा मौका पाउन सकेनन्। 

फाइनलका लागि भारतको प्लेइङ–११

रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकिपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.