|

जनकपुरधाम : महोत्तरीमा कोरोना संक्रमणबाट एकजना प्रहरी असईको मृत्यु भएको छ। 

महोत्तरीको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। 

जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक अस्पतालमा रिफर गरिएको र त्यहाँ नै उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.