|

अर्घाखाँची :  वाङला मथुराबेसी खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क ५ का ६७ वर्षीय चोलानाथ अधिकारीको शव फेला परेको छ । 

बुधबार दिउसो वाङ्लाको मथुराबेसी खोला तर्नेक्रममा बेपत्ता भएका अधिकारीको शव रिङ्गदी बलेवामा फेला परेको हो ।

शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए । 

बेपत्ता भएका अधिकारीलाई जिल्ला शसस्त्र प्रहरी र जनपथ प्रहरीको तालिमप्राप्त प्रहरी टोलीले दुई दिनदेखि खोजी जारी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.