|

डडेल्धुरा : डडेल्धुराका स्थानीय तहलाई कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालमा जिल्लाका ४ स्थानीय तहलाई २÷२ वटाका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो।

बुधबार ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले कन्सन्ट्रेटरसँगै अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

अजयमेरु गाउँपालिका, भागेश्वर, नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई २/२ थान कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन प्रदान गर्ने कन्सन्ट्रेटर सहयोग गरिएको हो।

महासंघकी अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको पहलमा कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री जिल्लामा पठाइएको रुडुककी कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिइन्।

सेनिटाइजर र साबुनलगायतका स्वास्थ्य सामग्री जिल्लास्थित ४ वटै सुरक्षा निकाय र पत्रकार महासंघलाई वितरण गरेको उनले बताइन्। आगामी दिनमा पनि अन्य सहयोग गर्ने निर्देशक खड्काले प्रतिबद्धता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.