पार्टीले कोरोना नियन्त्रणमा सरकारलाई सघाउने

|

काठमाडौं: विवेकशील साझा पार्टीले आफ्नो एकता महाधिवेशन स्थगित गरेर कोरोना नियन्त्रणमा सरिक हुने निर्णय गरेको छ। आइतबार पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन।

विवेकशील साझाले आगामी जेठ अन्तिम साता महाधिवेशन गर्ने गरी आन्तरिक तयारी गर्दै आएको थियो। तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टी बीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको अनुसार अधिवेशनको तयारी गरिएको थियो।

हिजो शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले हाल कोरोना सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो।

यसका साथै केन्द्रीय समिति बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि विज्ञप्तिमा जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.