|

गुल्मी :  नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने भएको छ।

पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गएकाले तम्घासमा रहेको वीपी स्मृति भवनलाई  कोरोना आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए।

कोरोना माहामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै पार्टी कार्यालयलाई आइसोलेशन बनाउनका लागि उपलब्ध गराइने श्रेष्ठले बताए। साथै जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रलाई सोको आवश्यक ब्यवस्था मिलाउनका लागि पनि श्रेष्ठले आग्रह गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.