|

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा कोरोना महामारीको दोस्रो लहरको प्रकोप वृद्धि भएसँगै विभिन्न संघसंस्थाहरूले सहयोगको अभियानसमेत सुरू गरेको छ।

सोही अभियानअन्तर्गत जनकपुरधाममा पछिल्लो केही दिनदेखि ज्वरोका बिरामीहरूको संख्यामा वृद्धि भएपछि  क्लोथ बैंक  जनकपुरधामले डोर टु डोर ९ घर-घरमै परीक्षण कार्य शुरू गरेको छ।

सोका लागि बैंकद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एकजना स्वास्थ्यकर्मी ९ सहायक चिकित्सक नै परिचालन गरिएको संस्थाले जनाएको छ।

बैंकका अध्यक्ष राजीव झा भने, ‘सहायक चिकित्सकले घरघरमै गएर अक्सिजन लेवल, ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्ने कार्य गर्नेछन्।‘

बैंकद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैंकको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको संख्या ५० पुगेको छ भने बैंकले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डरसमेत उपलब्ध गराएको अध्यक्ष झाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.