|

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

'यो सरकारलाई समर्थन त छैन पहिल्यैदेखि भनेका हौँ। भोलि फस्ट आवरमा हामी औपचारिक रूपमा समर्थन फिर्ता लिन्छौं,' उनले भने। यस्तै बैठकले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीलाई पनि मान्यता नदिने निर्णय गरेको बताए।

दुई पार्टी एक भएर नेकपा बनेको थियो। तर माओवादी र माधव नेपाल पक्षधरले केपी शर्मा ओलीको सरकारले एकलौटी गरेको भन्दै विरोध जनाउँदै आएको थियो। दुई पार्टीबीच दरार उत्पन्न भएपछि र प्रधानमन्त्री ओलीले संसद विघटनको प्रयास गरेका थिए। जसले पार्टी फुटको अवस्थामा पुगेको थियो। दुवै दलका नेताले आफूले नेतृत्व गरेको दल नै आधिकारिक भएको दाबी गर्दै आएका थिए। यही क्रममा सर्वोच्चले नेकपा अवैधानिक भएको भन्दै दुवै दललाई पुरानै अवस्थामा फर्कादिएको थियो। 

यसैबीच प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.