|

काठमाडौं : देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ५५ जनाको मृत्यु भएको हो।

यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

१६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ। जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा छन् भने ४ हजार २ सय ७८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.