|

अर्घाखाँची : अर्घाखाँचीमा भारतीय एक नागरिकको लडेर मृत्यु भएको छ। भारतको मोतिहारी जिल्ला बिहार घर भई सन्धिखर्क–२ बस्ने ३७ वर्षीय भगेलु साहको बाटोमा हिड्दाहिड्दै लडेर आइतबार मृत्यु भएको हो।

बाटोमा लडेर टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.