|
माइतीघर मण्डलामा आन्दोलनकारीले राष्ट्रगान बजाएपछि कार्य क्षेत्रमा नै नेपाल प्रहरीले देखाएको राष्ट्रियता।

काठमाडौं : वर्ष २०७७ को आज अन्तिम दिन। भोलि (बुधबार) विक्रम संवत २०७८ सालको पहिलो दिन। 

वर्ष सकिँदै गर्दा सो अवधिका विभिन्न घटनाक्रमहरूको समीक्षा हुने गर्छ।

यो सामग्रीमा वर्ष २०७७ का केही महत्वपूर्ण र आकर्षक तस्वीरहरू समेटिएको छ।

हेरौं तस्वीरहरू : 


कोरोना महामारी फैलिएपछि सेनाले सैनिक मुख्यालय भद्रकाली परिसरमा निर्माण गरेको क्वारेन्टिन ।


कोरोनाले सुनसान बनेको पशुपति क्षेत्र।


उस्तै सुनसान बनेको पाटन दरबार क्षेत्र ।


लकडाउनका बेला जथाभावी हिँडेकालाई नियन्त्रणमा लिँदै प्रहरी ।


नेपालमा लकडाउन लम्बिँदै गएपछि बिदाइका हात हल्लाउँदै स्वदेशतर्फ लागेका कोरियाली नागरिक।


लकडाउनमा चम्किएका काठमाडौंका सडक।


पैदल हिँडेरै काठमाडौं उपत्यका छाड्दै गरेका नागरिक। 


लकडाउनको समयमा भक्तपुरको न्यातपोल मन्दिर पुन:निर्माण रोकिएको थियो।


तराईका जिल्लाबाट उपत्यका प्रवेश गर्ने सवारी साधन चेकिङमा भएको कडाइ।


कोरोना संक्रमण भए/नभएको थाहा पाउन पत्रकारको थ्रोट स्वाब संकलन गरिँदै।

आर्थिक वर्ष २०७७/०७८ सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवनमा पुगेकी राष्ट्रपतिको सवारी।​


लिपुलेक-लिम्पियाधुरा-कालापानी भारतले अतिक्रमण गरेको विरोधमा प्रदर्शनरत युवाहरू प्रहरीले पक्राउ गरी भ्यानमा राखेपछि पनि नाराबाजी गर्दै।


कोरोना कहरबीच पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत/सुधारको काम भइरह्यो।


कोशी टप्पुमा सूर्योदय।


इलामे शहर चियाबारी राम्रो...


ज्याकारान्डाको फूलले सजिएको सिंहदरबार अघिल्तिरको सडकपेटी।


कोरोना संक्रमण भए/नभएको थाहा पाउने पीसीआर परीक्षण गर्न शुक्रराज अस्पतालमा लाइन लागेका नागरिक।


रातो मछिन्द्रनाथको रथयात्रा क्रममा प्रहरी र स्थानीयबीच भएको तनाव।


संक्रमित भेटिएपछि स्थानीयले नै भक्तपुरको थलाछें शिल गरेका थिए।


कोरोना कहरमा ताल्चा लगाइएका काठमाडौं असनका पसल।


नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण थालनी गर्दा ताका खिचिएको तस्वीर।


कोरोना कहरमा रोजगारी गुमाएकाहरू काठमाडौंस्थित बसपार्कमा दाताले उपलब्ध गराएको खाना खाँदै।


पशुपति आर्यघाटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि।


भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमण क्रममा पशुपतिनाथ परिसरमा।


दशैंका बेला लिंगेपिङमा रमाउँदै।


तिहारका बेला इचङ्गुमा ढकमक्क फुलेका सयपत्री फूल।


संसद्‌ विघटन भएपछि सडकमा पुगेका पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल।


केपी शर्मा ओलीको आमसभा-ओली नै ओली!


पुन:निर्माण भएपछि भव्य देखिएको दरबार हाइ स्कूल।


संसद पुन:स्थापना भएको खुसियालीमा काठमाडौंमा दीप प्रज्ज्वलन गरिँदै।


सरकार र प्रतिबन्धित नेकपाबीच सहमति पत्रमा हस्ताक्षर भएपछि अभिवादन गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव'।


भारतले अनुदानमा दिएको कोरोना भ्याक्सिन रेफ्रिजेरेटर भ्यानमा राखेर भण्डारण गर्न लगिँदै।


डा. सागरराज भण्डारीले नेपालमा कोरोनाविरुद्धको पहिलो खोप लिएका थिए।


एसिड आक्रमणपीडित किशोरी मुस्कान खातुनलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। 


सुन्दरीजलमा मेलम्चीको पानी निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।


भृकुटीमण्डपमा जडान गरिएको धारामा जोडिएको मेलम्चीको पानीले हात धुँदै राष्ट्रपति विद्यादेवी भण्डारी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.