|

काठमाडौं : बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशको विभिन्न स्थानमा रहेर काम गरिरहेका स्थापित श्रष्टा, कलाकार, पत्रकार तथा खेलाडीलाई सम्मान गरेको छ।

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाममा आयोजना गरिएको कार्यक्रममा दर्जनौ कलाकार तथा पत्रकार सम्मानित भए। सम्मानित व्यक्तिहरुलाई शनिबार टायरगाढामा राखेर नगर परिक्रमा समेत गरिएको कार्यक्रम संयोजक नवीन यादवले जानकारी दिए।

कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, कलाकार पवन मैनाली, निर्देशक प्रदीप भट्टराई, सम्झना उप्रेती रौनियार, पूर्णेन्दु झा, गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टीका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपाली, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, पत्रकार दिवाकर मैनाली, नरेश भट्टराई, प्रदीप कार्की, सरोज गिरीलगायत व्यक्तिहरू थिए।

आफ्नै ठाउँमा जन्मिएर विभिन्न क्षेत्रमा स्थापित भएका कवि तथा कलाकारहरुको प्रस्तुतिले स्थानीयहरु उत्साहित बनेका थिए। कार्यक्रममा गायक शिव परियार, निखिल उप्रेती, कमल खत्री, कर्णराज गिरी, शिवशंकर रिजालको प्रस्तुति थियो। बुद्ध लामाको बाँसुरी वादनले दर्शक झुमेका थिए।

'सर्लाहीमा जन्मिएर विभिन्न क्षेत्रमा स्थापित भएका विभिन्न व्यक्ति र व्यक्तित्वलाई एकै मञ्चबाट सम्मान गरिएको यो पहिलो कार्यक्रम हो', संयोजक यादवले भने, 'यो कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता दिइने छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.