काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले गरेका कामहरु असाधरण र दूरगामी महत्त्वका रहेको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहेका पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले गरेका कामहरुको फेहरिस्त दिएका छन्।
ओलीले संविधानसभाबाट नयाँ संविधानको निर्माण‚ जातीय तथा क्षेत्रीय अतिवाद र विखण्डनवादको सामाना र भारतीय नाकाबन्दीको सामना गरेको मुख्यमन्त्री पोखरेलले दाबी गरेका छन्।
त्यस्तै‚ चीनसँगको ऐतिहासिक पारवान सम्झौता‚ भारत र चीनसँगको सम्बन्धलाई नयाँ आयाम दिएको‚ अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना गरेको भन्दै पोखरेलले प्रधानमन्त्री ओलीलाई जस दिएका छन्।
रणनीतिक विकास आयोजनाहरु जस्तै रेलमार्ग‚ जलमार्ग‚ हवाई यातायात‚ सुरुङमार्ग, उत्तरदक्षिण करिडोर‚ खानी अन्वेषण र उत्खननको तयारी गरेको पनि बताएका छन्। यस्तै‚ सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम‚ विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको उनको भनाइ छ।
प्रम ओलीका यी कामहरु राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ...
Posted by Shankar Pokhrel on Friday, March 5, 2021
तपाईंको ईमेल गोप्य राखिनेछ ।