दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएका बताएका छन्।
शनिबार दाङको तुलसीपुरमा जिल्लास्तरिय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको टिप्पणी गर्दै भने, 'आफूे जे गरे त्यही विधि, मैले जे भने त्यही संविधान, मैले जे भने त्यही कानुन भन्ने प्रवृत्तिका कारण ओली सनकी शासकका रुपमा प्रस्तुत भइरहेका छन्।‘
उनले थप्दै गए, 'उहाँलाई कसैको सुझाव चाहिँदैन्, कसैको आलोचना सुन्न मन पर्दैन। उहाँलाई प्रशंसा मात्र मन पर्छ। तर, प्रशंसा मुर्ख शासकलाई मात्र मन पर्छ।’ प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीलाई धराशायी पार्न खोजेको आरोप लगाए। जुन भर्याङमा चढेका हुन्। त्यसैलाई ओलीले भत्काएका पनि उनले बताए।
'ओली जुन कुर्सीमा बसेका छन् उनले त्यही कुर्सीलाई अरुले आँखा लगाए कुर्सी भाचीदिन्छु भने र जुन घरमा बसेका छन्। त्यो घरमा झगडा भयो भनेर आगो लगाउने भष्मासुर हामीले पाएका छौँ। आज सिंगो देश भष्मासुरको आक्रान्तमा छ,' औलीप्रति कठोर हुँदै उनले भने। अहिले प्रधानमन्त्री पदमा आसिन भए पनि साच्चीकै प्रधानमन्त्री हुन र भन्दै प्रश्नसमेत गरे।
प्रधानमन्त्री हुनलाई प्रतिनिधीसभाको सदस्य हुनुपर्ने भन्दै उनले ओलीकै व्याख्याले प्रतिनिधिसभा मरिसकेको तर्क गरे।
संसद हत्या नै भइसकेपछि ओली कामचलाउ प्रधानमन्त्री भएका भन्दै ओली समूहको नेकपाले जसलाई पायो त्यसैलाई केन्द्रीय सदस्य बनाउने भएकाले अहिले मानिस बालुवाटारको बाटो हिँड्न छाडेका टिप्पणी गरे।
त्यसैगरी अहिले प्रधानमन्त्री ओलीसँग 'गणेश प्रवृत्ति'का मानिसहरु रहेका समेत नेपालले बताए। जे गर्दा पनि उनीहरुले राम्रो गर्नुभयो भन्दै जाने विवेक हराएका, विश्लेशन क्षमता गुमाएका, आन्दोलनमा सिद्धान्तमा समर्पित नभएका त्यस्ता स्वार्थीहरुको जमात ओलीले आफ्नो वरिपरि जम्मा पारेका पनि नेपालले तर्क गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।