|

कार्लमार्क्स नागरिक स्वतन्त्रताका प्रथम द्रष्टा थिए। उनले बाँच्नका लागि भाग्नु परेको थियो। प्रसाबाट फ्रान्स र फ्रान्सबाट लण्डन। यस्तो मान्छे कसरी स्वतन्त्रताको पुजारी हुँदैन र अधिनायकवादी हुन्छ भन्ने प्रश्न हाम्रो मनमा पलाएन।

सोभियत संघको ‘आइरन बार’ ले अलिअलि हामीलाई असर गरेको पनि थियो होला, त्यो भन्दा बढी पश्चिमा प्रचारले हामीलाई आफ्नो शिकार बनायो। सोभियत संघ स्थायित्व महसुस गरेरै त्यसलाई सिध्याउन कथित, प्रजातन्त्रको पक्षधर बेलायतमा बी.बी.सी. (ब्रिटिश ब्रोडकास्टिङ करपोरेशन) खुल्यो। 

यदि फिलिपिन्सका कमरेडहरुले मार्कोसविरोधी आन्दोलनमा भाग लिन्थे अहिले दक्षिण पूर्वी एशियाको रुपै फेरिन्थ्यो। एउटा गल्तीको परिणाम अहिले देखिँदैछ। कहाँ गयो त्यो महान मुक्तियुद्ध। त्यो अहिले कामरेड सिसोनको खल्तीमा लुकेर बसेको छ। मलेसिया, थाइल्याण्डलाई त्यही जनवादले समाप्त पार्‍यो। अहिलेका जनवाद पक्षधर कमरेडले यो शिक्षालाई देख्नु पर्दैन होला। नत्र त नौलो जनवादको भूतले उहाँहरुलाई नसताउनु पर्ने हो।

सोभियत संघको विरोध त्यसको एकमात्र एजेण्डा रहेछ। हामी गाउँलेलाई त्यो षडयन्त्रको के जानकारी?  मज्जाले सुनियो बिबिसी प्रजातान्त्रिक रेडियो भनेर। जहिले यो सत्य थाहा पाइयो, बिबिसी सुन्न छाडियो। तर सत्य पत्ता लगाउन छोडिएन।

कसले हालिदियो दिमागमा अमेरिका सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक हो भनेर। शायद पीसकोर स्वयमसेवकले हो कि ! अमेरिका राजा हुन राजाको छोरा भइरहनु पर्दैन। जो सुकै मानिस पनि राष्ट्रपति हुन सक्छ भनेर तिनै स्वयमसेवकले भनेका थिए। हाम्रो हुर्कंदो उमेरमा अमेरिका ठूलो प्रजातान्त्रिक भैसकेको थियो। अनि त्यतिबेलै हाम्रा दिमागमा मार्क्स अधिनायवादका नायक भैसकेका थिए।

तर कार्लमार्क्स कहिल्यै अधिनायकवादी थिएनन्। त्यसैले उनलाई हजार वर्षको सबैभन्दा महान दार्शनिक बनाएको थियो। अरुलाई कस्तो लाग्छ को नि ! मलाई भने त्यसले छटपटीमा पारेको थियो। राजाले कू गरेपछिको दोश्रो वर्षमा हुनुपर्छ म फेरि हिरासतमा परें भक्तपुरको कतैतिर। प्रदीप गिरी पनि पर्नु भएको थियो त्यसपालि। उहाँ राम्रो मार्क्सवादी हो भन्ने मलाई थाहा थियो। मैले उहाँसँगै यो प्रश्न राखें।

उहाँले भन्नु भयो, तपाईंले रोजा लक्जमवर्ग पढनु भएको छ?

रोजाको नाम सुनेको थिएँ मैले तर पढेको थिइन। मैले रोजालाई, लेनिनले पनि बाजे मान्नु भएको छ भन्ने सुनेको थिएँ। मैले आफ्नो अज्ञान जाहेर गरेपछि प्रदीप जीले भन्नु भयो, ‘मसँग रोजाको एउटा किताव छ। फर्काउने शर्तमा म त्यो दिन सक्छु। किताब थियो – रोजा लक्जमवर्ग स्पिक्स। उहाँले पठाइदिनु भयो। मैले पनि ध्यान दिएरै पढें।

किताबको अरु कुरा नगरौं। अंग्रेजी भाषामा अधिनायकत्व र प्रजातन्त्र दुवैका लागि ‘डि’ अक्षरबाट थालिने शव्द हुन्छ – एउटा डेमोक्य्रासी अर्को डिक्टेटरसिप।

त्यहाँ रोजा लक्जमवर्गले ढुक्कैले प्रजातन्त्रको पक्षपोषण गर्नु भएको छ र भन्नु भएको छ, रुसी कमरेडहरु एउटा क्रसरोडमा उभिनुएको छ। उहाँहरु प्रजातन्त्र तिर लाग्नु भयो भने संसारले मुक्ति पाउने सिद्धान्त पाउँछ। होइन, उहाँहरु अधिनायकत्वतिर लाग्नु भयो भने रुसी समाजवाद सय वर्ष पनि टिक्दैन।

लेनिनवादका आधारहरु पढेर लेनिनवाद मार्क्सवादको उच्च रुप हो भनेर पढेको मान्छे मज्जैले पछारिए। पुस्तक त मैले प्रदीप गिरिजीलाई नै दिएँ, तर मार्क्सवादको सार्वभौम सच्चाई चाहिं आफैंले राखें।

पुँजीवाद भन्दा समाजवाद हरेक क्षेत्रमा उत्कृष्ट हुनु पर्छ भन्ने त लागेकै थियो मलाई। पण्डितहरुको हुलमा मैले रोजा लक्जमवर्ग बाहेक अर्को कोही भेटिन। मैले किताब त लण्डनबाट मगाएँ। पाएँ पनि। यसैबीच खगेन्द्र प्रसाईंले मलाई सानो पुस्तिका पठाई दिनु भयो।

‘समाजवादका दुई आत्मा’ भन्ने त्यो पुस्तिकामा कार्लमार्क्सले ट्वाक्कै भन्नु भएको रहेछ, ‘हामी त्यस्ता कम्युनिस्ट भन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुसासनको ब्यारेकमा परिणत गर्न चाहन्छन्। यहाँ त्यस्ता पनि कम्युनिस्टहरु छन्, जो वैयक्तिक स्वतन्त्रता माथि बन्देज लगाउन चाहन्छन। उनीहरुको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ। तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको  अभावमा सामुदायिक सदभाव बढाउन सकिंदैन। एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनु पर्छ, जहाँ सबै राजनीतिक दलहरु निति र विचारका आधारमा आपूmलाई सर्वश्रेष्ठ सावित गर्न सकुन र आफ्नो पक्षमा बहुमत पु¥याउन सकुन्।

कति दुःखद कुरो ! जुन मान्छेले जीवनभर स्वतन्त्रताका लागि लडाईं ग¥यो त्यसलाई हामीजस्ता अज्ञानीहरुले अधिनायकवादको पगरी लाइदिएका रहेछौं।

हाम्रै कति नेताहरुले यो पढनु भएको छ। म भन्न सक्दिन। हुन त मदन भण्डारीले आफ्नो जनताको बहुदलीय जनवादमा यही कुरो प्रष्ट रुपमा राख्नु भएको छ। तर मार्क्सवाद नै रामरी नपढने मान्छेले मदन भण्डारी पढने कष्ट किन गर्लान र !

अज्ञानले नेपालीहरुलाई मार्क्सवाद नाममा अमार्क्सवादमा फसायो। जनताको बहुदलीय जनवाद १३ विशेषताहरु पहिलो पटक शंकर पोखरेलले जुन निष्कर्ष निकाल्नु भएको छ त्यसलाई उहाँले नवीन विचार भन्नु भएको छ। हामी सबैले पनि नवीन विचार नै भन्यौं। त्यसैले पाँचौं महाधिवेशनले मदन भण्डारीलाई नवीन विचारक भनेको थियो।

एमालेको पाल्पामा आयोजित राष्ट्रिय कार्यकर्ताले ‘आगामी सरकार कसको, बामपन्थी र देशभक्तको’ भन्ने नारा पारित पनि गर्‍यो। त्यसपछि भएको चुनावमा नेकपा (एमाले) ले सरकार पनि बनायो। अदालती ‘कू’ ले सरकार ढाले पनि हामीले जनतालाई जे दियौ, त्यसले नेकपा एमालेलाई सदाका लागि जनताको पार्टी बनायो।

यथार्थमा लेनिनवादका लागि नविन बिचार रहेछ। किनभने  ती १३ वुँदा सही मार्क्सवाद रहेछन्। त्यसैले हामीले हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद भन्यौं। सातौं महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त मान्यो।

नौलो जनवाद अथवा जनताको जनवाद हाम्रो व्यवहारमा मात्र होइन। विश्वव्यापी रुपमै असफल प्रमाणित भइसकेको छ।

यदि फिलिपिन्सका कमरेडहरुले मार्कोसविरोधी आन्दोलनमा भाग लिन्थे अहिले दक्षिण पूर्वी एशियाको रुपै फेरिन्थ्यो। एउटा गल्तीको परिणाम अहिले देखिँदैछ। कहाँ गयो त्यो महान मुक्तियुद्ध। त्यो अहिले कामरेड सिसोनको खल्तीमा लुकेर बसेको छ। मलेसिया, थाइल्याण्डलाई त्यही जनवादले समाप्त पार्‍यो। अहिलेका जनवाद पक्षधर कमरेडले यो शिक्षालाई देख्नु पर्दैन होला। नत्र त नौलो जनवादको भूतले उहाँहरुलाई नसताउनु पर्ने हो।

त्यसै हुनाले लेनिनवाद मार्क्सवादको उचाई होइन। लेनिनवाद त विष हो सर्बहारा वर्ग अधिनायकत्व चलाउने। पुँजीवादीहरुले आफ्नो तानाशाहीलाई प्रजातन्त्रको सुन्दर भाँडामा राखे। तर सर्वहारा वर्ग कहिल्यै ठग हुन सक्दैन। हामी अरुको त कुरै छाडौं कामरेड ट्रम्पलाई पनि न्यायको संसार दिन सक्छौं। यो कार्लमार्क्सको शिक्षा।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.