काठमाडौं : नेविसंघले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा कोटेश्वरमा प्रदर्शन गरेको छ। कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा नेविसंघले बिहीबार विरोध र्याली निकालेको हो।
नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले कोणसभालाई सम्बोधनमा भने, ‘केपी ओली नेतृत्वको सरकार सर्वसत्तावादउन्मुख भएको छ। बिनाकारण पक्राउ गर्ने घटनाले ओलीमा पञ्चायती या राणाकाली भूत सवार भएको देखिएको छ।’
सरकारविरुद्ध देशभरबाट आन्दोलित हुन पनि उनले आह्वान पनि गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।