|

दैलेख : जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालय चार दिनका लागि सिल गरिएको छ। कार्यालयबाट प्रवाह हुने आपतकालीनबाहेकका सबै सेवाहरु बन्द गरिएको हो। 

संक्रमितमध्ये पिसिआर ल्याबमा काम गर्ने स्वास्थ्यकर्मी समेत रहेका छन्। अहिले दैलेखमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १२३ पुगेको छ। गत बुधवार २३, बिहिवार १६ र शुक्रबार २१ र शनिवार २३ जना जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए। 

चाडपर्व नजिकिएसँगै सदरमुकाम दैलेख बजारमा अत्याधिक भिडभाँड बढेको छ। 

आइसोलेसन भरियो 

संक्रमितहरु बढ्दै गएपछि दैलेखको आइसोलेसन भरिसकेको छ। धेरै बिरामीहरु होम आइसोलेसनमा बसेका छन्। लक्षणसहितका बिरामीहरु बढ्न थालेको र समस्या जटिल बन्दै गएकाले आम नागरिकहरुले व्यक्तिगत सुरक्षा अपनाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.