|

धादिङ : धादिङमा एकैदिन ३१ जनामा कोराना संक्रमण संक्रमण पुष्टि भएको छ। गल्छी गाउँपालिकास्थित श्री नम्बर ६ बाहिनी अड्डाका २७ जनासहित जिल्लाको त्रिपुरासुन्दरी गाउँपलिकामा ३ जना र गल्छी गाउँपालिकाकै १ जनासमेत गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

गल्छी गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीका अनुसार गल्छी गाउँपालिका २१ वर्षका ३ जना, २० वर्षका ४ जना, ३० वर्षका ३ जना, ३५ वर्षका ४ जना, १९ वर्षका २ जना, ३४ वर्षका २ जना, २७ वर्षका २ जना, ३३ वर्षका २ जना, ३६ वर्षका २ जना पुरुष, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको हो।

गल्छी गाउँपालिकाका २८ जना कोरोना संक्रमण भएकाहरु बैरेनीमा रहेको श्री नम्बर ६ बाहिनी अड्डामा कार्यरत २७ जना र १ जना गल्छी गाउँपालिका वडा नम्बर ६ का स्थानीय रहेका छन्। 

ब्यारेकमा कार्यरत व्यक्तिहरुमा कोरोना भएपछि सेनालाई ब्यारेकबाट बाहिर निस्कन रोकिएको छ। यसअघि सो ब्यारेकका ६ जनामा संक्रमण भएको थियो। उनीहरुको कन्टयाक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो। 

यसैगरी धादिङ जिल्लामै कोरोना हटस्पट बन्दै गएको त्रिपुरासुन्दरी गाउँपालिकामा संक्रमित संख्या घट्दै गएको छ। आइतबार वडा नम्बर २ का ४६ र ३६ वर्षका पुरुष र २५ वर्षका महिलामा कोरोना भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए।

यसअघि त्रिपुरासुन्दरी गाउँपालिका त्रिपुरासुन्दरी गाउँपालिकाबाट ४३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो। धादिङमा अहिलेसम्म २ सय ८५ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने १ सय ७७ जना कोरोनामुक्त भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.