|

नेपालमा समाजवाद पनि रंग रंगको छ। पहिलो समाजवाद प्रेमबहादुर सिंहको थियो। उहाँ समाजवादको सिरानी लगाएर सुते पछि त्यो समाजवाद पनि लठ्ठ परेर सुतिरहेको छ। त्यसपछि शायद अशोक राईहरुको समाजवाद आयो। त्यो पनि मष्तिष्क भरि नकारात्मक विषादी बोकेर सुतिरहेकै छ। त्यसको प्रकृति हेर्दा त्यसको समाजवाद पनि जिन्दावाद मुर्दावाद मै सकिनेछ।

यथार्थमा नेपालका नेताहरुसँग समाजवादी चेतना छैनसमाजवादी चेतना भएको नेता हुन्थ्यो भने कम्तिमा आफ्नो निर्वाचन क्षेत्र आर्थिक रुपमा आत्मनिर्भर कि छैन भनेर चिन्ता र्थ्यो निर्वाचन क्षेत्रको लागि बेस्सरी खटेर काम गर्थ्योफूले काम नगरे पनि स्थानीय सरकारलाई त्यसका लागि परिचालन गर्थ्योयस्तो काम गर्ने घीय सासदहरु कति होलान ?  ७७ जना मात्रै भए पनि देश अर्कै भइसक्थ्यो।

पालिका सरकारलाई विकास निर्माणको सम्पूर्ण अधिकार दिने संघीय सांसदहरु कति होलान् ? ५० जना भए पनि कम्तिमा पनि तीन प्रदेशहरु आत्मनिर्भर भइसक्थे। २५ सै जना भए पनि नेपाली जनता जीवनस्तरमा देखिने गरी परिवर्तन आइसकेको हुने थियो। दुःखका साथ भन्नु पर्छ नेपालको संघीय संसदमा जनता चिन्ने एक दर्जन सांसद पनि छैनन्।

शायद मै पनि यतिबेला त्यहाँ भएको भए, अरुजस्तै आफू  र आफ्नो परिवारका बारेमा मात्रै सोच्ने सांसद हुन्थे होला। मैले यति भनेपछि बहालवाला केन्द्रीय सांसदहरुलाई राहत होला। तर मैले यति चाहिँ भन्नै पर्छ मलाई राजनीतिक गुरु मान्ने सांसदहरुले न्यूनतम रुपमा पनि संघीयताको मर्मलाई बुझेर राजनीति गर्नु होला।

यसको अर्थ, विकास निर्माणको सम्पूर्ण अधिकार पालिका सरकारको हो। यति गर्न सक्नु हुन्न भने मलाई आफ्नो गुरु भनेर मेरो अपमान नगरी दिनु होला।

कंक्रिटको शहरमा कृषि मन्त्रालय राखेर के काम हुन्छ म्यारिज खेल्ने बाहेक ? फुर्सदको समय निकालेर कर्मचारीहरु म्यारिज खेल्छन र यसलाई म अन्यथा ठान्दिन। घरको छानामा खेती गरिने शहरका लागि सिंगो मन्त्रालय किन चाहियो ? एउटा सानो विभाग भए पुगिहाल्यो नि ! कृषि मन्त्रालय हुनुपर्ने ठाउँ भनेको चितवन या मकवानपुर हो। मकवानपुरमा रहेको प्रदेश राजधानीलाई काभ्रेको भकुण्डे बेँसीमा सार्नु उपयुक्त हुन्छ। कृषि तथा वन विज्ञान भएको चितवन वा मकवानपुरमा कृषि मन्त्रालय राख्नु उपयुक्त हुन्छ।वन मन्त्रालय उपत्यकामा राख्नुको पनि कुनै औचित्य छैन।

स्वीटजरल्याण्डको राजधानी जेनेभा हो कि भन्ने भ्रम हुन्छ अधिका नेपालीलाईजेनेभा अन्तर्राष्ट्रिय केन्द्र होस्वीटजरल्याण्डको राजधानी बर्न होत्यसैले नाम चलेकै ठाउँमा राजधानी वा केन्द्रीय संस्थाहरु राखिनु पर्छ भन्ने सोच आफैंमा संघीयताविरोधी हो

नेपालको धन हरियो वन भन्ने उखान हामीले त बिर्सिसक्यौं भने पछिका पुस्ताले त्यो हरियो वन कता थियो होला भनेर सोध्ने समय आइसकेको छ। चुरे दोहन वनको सबैभन्दा ठूलो समस्या हो।

वनविनाश र वनतस्करीको अपराध रोक्न वन मन्त्रालयलाई पर्सादेखि सप्तरीसम्मको पूर्वपश्चिम राजमार्गको किनारमा राख्नु पर्छ र चुरेको पुरानो गौरव जोगाउन मेचीदेखि महाकालीसम्म नै चुरेक्षेत्रको पुछारमा बाँस खेती गरिनु पर्छ। सकेको ठाउँमा सय मिटरको चौडाई, पटक्कै नसकिने ठाउँ पचासदेखि पचहत्तर मिटरसम्मको बाँस खेती गर्ने हो भने जनताको आम्दानी पनि बढ्छ। चुरेको दोहन पनि  रोकिन्छ।

अहिले भारतको फोहोरी आक्रमण बढिरहेको बेलामा नेपालका सबै दलहरु एक ठाउँमा भेला हुनु पर्थ्योत्यो हुन सकेन नैसत्ताधारी पार्टी भित्र पार्टी अध्यक्ष, प्रधानमन्त्री, उपप्रधानमन्त्रीको झगडा शुरु भयोकेलाई भन्दा देख्नेलाई लाज भनेजस्तोअहिलेको पार्टीले नचिने पनि मालेकालीन कार्यकर्ताले पिरोलिंदै फोन गर्छन् पार्टी फुटदैन नि कमरेडभनेर सुस्केरा हाल्छन्

म जहिले पनि ‘यो जनताले स्याहारेको पार्टी हो, त्यसैले तपाईंहरुले दह्रो अठोट देखाउनु भो भने पार्टी फुटदैन। टाउकोको झगडातिर वास्ता नगर्नुस्। फुट्नेको राजनीतिक भविष्य समाप्त हुन्छ।’

सिंहदरबारको भत्ता र सत्ता खाने नेताहरु प्रति बहुसंख्यक कार्यकर्ताको विश्वास छैन। ‘लोभी भए नेताहरु’ यो सामान्य आलोचना हो र यो सही पनि हो। सिक्किममा पवन चाम्लिङले आफ्नो परिवारका सदस्यलाई ठेक्कापट्टामा भाग लिन प्रतिबन्ध लगाएका थिए। हाम्रा नेता या मन्त्री अथवा सांसद यति एउटा काम पनि गर्न सक्नु हुन्न ? सक्नु हुन्छ जस्तो पनि लाग्दैन।

नेकपा अध्यक्ष माथि बारम्बार फटाहा ठेकदारको घरमा बसेको वात् लागेको के उहाँले काठमाडौंमा आफू बस्ने घर किन्न सक्नु हुन्न ? सक्नु हुन्न भनेर मैले लेखें भने दुनियाँ हास्छतर हाँस्दिनसक्नु हुन्न भने आफ्नो निर्वाचन क्षेत्रतिर घर बनाएर बस्ता पनि हुन्छअथवा उहाँले उपत्यकामा कतै मेरो घर छैन भन्नु होस् पचास के सय जना निस्किन्छन् घर बनाइ दिनउहाँ व्लाकलिष्टमा परेको ठेकेदारको घरमा बसेर गाली खान तयार हुनुहुन्छतर आफ्नो स्वाभिमान जोगाएर आफ्नो सानो घरमा बस्न उहाँलाई लाज लाग्छ

शायद धेरैलाई थाहा छैन होला नेकपाका बरिष्ठ नेता माधव नेपालले महासचिवकालको १५ वर्षमा,  दश वर्ष भन्दा लामो समय भुँइतले घरमा आमाबाबु सहित बस्नु भएको थियो कोटेश्वरमा। उहाँसँगै अध्यक्षको कुर्सीमा बस्ने प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्नो घर, शेषपछि राष्ट्रको नाममा दान दिनु भयो। आखिर घर भनेको बाँचुन्जेल ओतिने छानु न रहेछ।

राजनीतिमा एउटा राम्रो काम गरेपछि, चुपो लागेर बस्यो भने त्यो एउटा कामले व्यक्तिलाई सधैभरि बचाउँछ। कीर्तिनिधि विष्टले हाम्रो देशको उत्तरी सीमानामा रहेका चेकपोष्टहरु हटाउनु भयो। यो ‘अपराध’ भारतले कहिल्यै बिर्सिएन। तर यही एउटा कामले उहाँ सफल प्रधानमन्त्री बनायो।

केशर बहादुर विष्टले दशरथ रंगशालाको घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुभयो र इतिहासमा नाम लेखाउनु भयो। तर बहुदलपछिको राजनीतिक लोभले उहाँको उचाईलाई स्वाट्टै तल झारिदियो। बहुदलको राजनीतिको रमितालाई भट्टेडाँडाको केशर खेतीको गोठमा बसेर हेर्नु भएको भए उहाँको राजनीतिक उचाइलाई  बहुदलका कुनै पनि मन्त्रीले भेट्टाउने थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.