समाज

जुगल पहिरो अपडेट : ३६ जना बेपत्ता, पाँचको उद्धार

साउन ३०, २०७७

    काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामागाउँमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन्। 

    सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि निकाल्न नसकिएको बताएका छन्। सभामुख सापकोटा घटनास्थल पुगेका छन्। घाइते पाँच जनाको उद्धार गरेर थप उपचारका लागि चौतारा पठाइएको न्यौपानेको भनाइ छ।

    उनले भने, अहिले हामी घटनास्थमा छौं थप भन्ने अवस्थामा छैनौं।’ पहिरो अझै पनि जाने क्रम नरोकिएकोले उद्धारमा समास्या भएको प्रहरीले जनाएको छ। कति घर पुरियो र के कति हताहती भयो भन्ने यकिन गर्न कठिनाइ भएको छ । आज विहान ६ बजे गएको पहिरोले गाउँ बगाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]