समाज

सवारी पास नदिन गृहको निर्देशन, धादिङमा निषेधाज्ञा

साउन २९, २०७७

    काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सवारी पास वितरण नगर्न निर्देशन दिएको छ। 

    मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास बन्द गर्न भनेको हो। मन्त्रीपरिषदबाट विभिन्न मितिमा भएको निर्णय र मन्त्रालयको निर्देशन समेतको आधारमा हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था नभएसम्म बन्द गर्न भनिएको मन्त्रालयले जनाएको छ। 

    पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिब्र भएपनि पास बनाएर उपत्यका आउनेको भीड बढिरहेको थियो। खाद्यान्न, औषधी, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी आवतजावतमा भने कुनै रोक नलगाइएको मन्त्रालयले जनाएको छ।  

    यसैबीच, काठमाडौं प्रवेश गर्ने मुख्य नाका धादिङमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सदरमुकाम धादिङबेँसीमा आसपासका क्षेत्रमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । हिजो जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले कोरोना संक्रमण फैलन नदिन कडा कदम चाल्न आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारL गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]