विश्व

ट्रम्पले अमेरिकालाई बर्बाद बनाए : बाइडेन–कमला

साउन २९, २०७७

    अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गरेका छन्। 

    संयुक्त चुनाव प्रचार अभियानका क्रममा उनीहरुले अयोग्य नेता ट्रम्पका कारण अमेरिका बर्बाद भएको बताएका हुन्। 

    डेमोक्रेटिक पार्टीका तफृबाट उपराष्ट्रपति पदमा उम्मेदवार बनाएकै भोलिपल्ट एसियाली–अफ्रिकी–अमेरिकी मुलकी कमलाले ट्रम्पमाथि निशाना साँधेकी हुन्।

    राष्ट्रपति पदका उम्मेदवार बाइडनको गृहराज्य डेलवेयरस्थित एक उच्च विद्यालयबाट सुरु भएको चुनावी प्रचारका क्रममा उनीहरुले ट्रम्पको कार्यशैलीलाई लिएर कडा आलोचना गरेका हुन्। 

    बाइडेनले भने, 'नोभेम्बरमा हुने चुनावमा हामीले लामो समयसम्मका लागि अमेरिकी भविष्यको फैसला गर्नुपर्नेछ, ट्रम्पले कमलामाथि हमला सुरु गरेका छन् र निकै घिनलाग्दो कुरा गरिरहेका छन्, खासमा उनी एक दृढ महिलासँग डराइरहेका छन्।'

    बाइडेनले कोरोना महामारी, जलवायु परिवर्तन, बेरोजगारीका मुद्दा तथा विभाजनकारी नश्लीय राजनीतिलाई लिएर ट्रम्पमाथि कडा टिप्पणी गरेका हुन्। 

    पत्रकारहरुसँगको कुराकानीमा कमला ह्यारिसले अमेरिकी नागरिक नेतृत्वको व्यवहारलाई लिएर चिन्तित रहेपनि वर्तमान राष्ट्रपति ट्रम्प आफ्नै चिन्तामा व्यस्त रहेको बताइन्। ट्रम्पले कारण अर्थव्यवस्था, स्वास्थ्य, बालबालिका र सबै नागरिकलाई दाउमा राखेको उनको भनाई थियो।

    अमेरिकामा नोभेम्बर ३ तारिखका दिन हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र कमलाले उपराष्ट्रपति माइक पेन्ससँग प्रतिष्पर्धा गर्दैछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]