कोभिड-१९ {अपडेट}

बाँकेमा दुई डाक्टर र चार प्रहरीसहित थप १५ जनामा काेराेना

साउन २६, २०७७

    बाँके : दुई चिकित्सकसहित बाँकेमा थप १५ जनामा कोरोना पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा दुई जना चिकित्सकमा कोरोना देखिएको हो। दुवै चिकित्सक महिला हुन्।
     

    यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई पनि कोरोना पुष्टि भएको थियो। नेपालगन्ज मेडिकल कलेजमा लिइएको स्वाब भेरी अस्पतालको पिसिआर ल्याबमा परीक्षण गर्दा दाङका एक र कैलालीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। 

    त्यसैगरी बाँकेका थप १५ जनामा पनि भाइरस संक्रमण पुष्टि छ। वडा कार्यालयका थप चार जना प्रहरीमा पनि कोरोना देखिएको छ। नेपालगञ्जका विभिन्न वडा र डुडुवा गाउँपालिकाका वडा नं. ५ र ६ का २५ र ३५ वर्षीया महिला पनि कोरोना पुष्टि भएको छ। यस्तै वडा नं. २ का २३ वर्षीय पुरुषमा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ।

    भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा सल्यानका एक जना गरी सोमबार २० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]