स्वास्थ्य

डडेल्धुरा, डोटी र बैतडीमा थपिए १२ संक्रमित

फाइल फोटो
साउन २५, २०७७

    डडेल्धुरा : सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १०५ नमुना परीक्षण गरिएको १२ जनाको रिपोर्ट पोजेटिभ र ९३ जनाको नेगेटिभ आएको अस्पतालले जनाएको छ।

    आइतबार डोटीका ८, डडेल्धुराका ३ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २६ र ३६ वर्षीय पुरुष तथा २ वर्षीया बालिका र २० वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ। डोटीकै केआइसिंह गाउँपालिकाका २१, २४, ३० र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

    यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ८ वर्षीय बालक, २६ वर्षीय पुरुष र ४० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इञ्चार्ज भुषालले जानकारी दिए। उनका अनुसार बैतडीको पाटन नगरपालिका–३ का ११ वर्षीय बालिकामा पनि संक्रमण देखिएको छ। योसँगै सुदूरपश्चिमा ४ हजार ९३२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका तीन हजार नौ सय ३८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। संक्रमणबाट यहाँका ९ जनाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]