समाज

रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु

प्रतीकात्मक तस्बिर
साउन २४, २०७७

    कपिलवस्तु : रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। दुर्घटनाामा एकजना गम्भीर घाइते भएका छन्। 

    मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका २८ वर्षीय देवेन्द्र चौधरी, ‍ओमसतिया गाउँपालिकाका २७ वर्षीय नौसाव दर्जी र पश्चिम नवलपरासीका १२ वर्षीय प्रदीप ठाकुर रहेका जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा घाइते भएका सिद्धार्थनगरका ३४ वर्षीय अनिल यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको डिएसपी खत्रीले बताए।

    नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो। कार सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

जानु पाण्डे

पाण्डे थाहाखबरका कपिलवस्तु संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]