देशका अन्य ठाउँमा पनि केही संक्रमित आइसियुमा

|
फाइल फोटो

काठमाडौं : नेपालमा पछिल्लो समय दैनिक कोरोनाको संक्रमित संख्या बढदै गएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गर्दा लक्षण देखिएका बिरामीहरु अस्पतालमा भर्ना हुन थालेका छन्।

संक्रमितहरुको आइसियु र भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। काठमाडौं उपत्यकाको सरकारी  कोभिड अस्पतालमा ११ जनाको उपचार भइरहेको छ। जसमध्ये २ जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको छ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरेर दुई जना संक्रमितहरु भेन्टिलेटरमा राखी  उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान अस्पताल गरेर २ जनाको उपचार भइरहेको छ।

भेन्टीलेटरमा रहेका दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। शुक्रराजको आइसियुमा रहेका संक्रमितमा हृदयाघात, मधुमेह र मुटु रोगीहरु रहेको अस्पतालले जनाएको छ।

मुलुकभरको रहेका अन्य अस्पताल भन्दा शुक्रराज अस्पतालको आइसियुमा सबैभन्दा धेरै संक्रमित रहेको अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले बताउँछन्।

उनका अनुसार अस्पालमा २० वटा आइसियु बेड छन्। दैनिक जसो ३ सय देखि ४ सयको स्वाब संकलन गरी परीक्षण गरिएको छ। सुरक्षाकर्मी, सामान्य नागरिक र कन्टयाक ट्रेसिङ गरेर ल्याएकाको पनि यही अस्पतालमा परीक्षण भइरहेको निर्देशक राजभण्डारीले बताए।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३६ जना संक्रमितको उपचार भइरहेको छ। अस्पालमा उपचार गराइरहेका संक्रमितको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माले जानकारीले दिए।

आइसीयुमा ३ जनाको उपचार भइरहेको उनले बताए। 'संक्रमित १ जनालाई भेन्टिलेटरमा राखि उपचार भइरहेको छ,' निर्देशक शर्माले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.