खेलकुद

आर्सनलसँग लिभरपुल पराजित

साउन १, २०७७

    काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिग विजेता लिभरपुललाई पराजित गरेको छ। 

    लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलसँग २–१ गोलले पराजित हुनुपर्यो। घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति सम्पन्न खेलमा आर्सनलको जितमा अलेक्जेन्ड्रे लाकाजेट्टे र रेइस नेल्सनले १–१ गोल गरे। 

    त्यस्तै लिभरपुलका लागि साडियो मानेले शान्त्वना गोल गरे। खेलको २० औँ मिनेटमा मानेको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो। तर ३२ औँ मिनेटमा लाकाजेट्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ सकिन १ मिनेट बाँकी छँदा नेल्सनले आर्सनलका लागि दोस्रो गोल गरे। 

    दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि आर्सनल २–१ गोलले विजयी भयो। गएरातिको हारसँगै प्रिमियर लिगमा कीर्तिमानी अंक बनाउने लिभरपुलको लक्ष्य अधुरै रहेको छ। लिभरपुलको ३६ खेलबाट ९३ अंक जोडेको छ। नवौँ स्थानमा रहेको आर्सनलले ५३ अंक जोडेको छ।

    लिग अन्तर्गत गएरातिका अन्य खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ र टोटेनह्याम हट्सपरले न्युक्यासल युनाईटेडलाई ३–१ गोलले पराजित गरेका छन्। त्यस्तै बर्नले र उल्भरह्याम्टन १–१ गोलको बराबरीमा रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]