खेलकुद

प्रिमियर लिग : चेल्सीको अन्तिम चारमा रहने सम्भावना कायमै

असार ३१, २०७७

    इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको छ।

    चेल्सीको जितमा खेलको एक मात्र गोल ओलिभर जिराउडले गरेका हुन्। उनले खेलको पहिलो हाफको अन्तिम मिनेट गरेको निर्णायक गोल नै खेलको निर्णायक गोल हुन पुग्यो।  जितपछि चेल्सीले अन्तिम चारमा लिग अन्त्य गर्ने सम्भावनालाई कायम राखेको छ। 

    हाल तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलपछि ६३ अंक भएको छ र चौथो स्थानमा रहेको लेस्टर सिटीभन्दा ४ अंकले अगाडी रहेको छ। त्यस्तै रेलिगेसनमा परिसकेको नर्विच सिटीको भने ३६ खेलमा २१ अंक छ र लिगको पुछारमा रहेको छ।

    चेल्सीले अब लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग खेल्ने छ। प्रिमियर लिगको उपाधि भने लिभरपुलले जितिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]