विश्व

इरानले रेल परियोजनाबाट भारतलाई हटायो, चीनले बनाइदिने

असार ३०, २०७७

    पूर्व प्रतिबद्धताबमोजिम रकम नदिएपछि इरानले चाबहार रेल परियोजनाबाट भारतलाई हटाइदिएको छ।

    ६२८ किलोमिटर लामो यो परियोजनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि इरानसँग सहायता सम्झौता गरेका थिए। सम्झौताबमोजिम रकम भुक्तानीका लागि बारम्बार आग्रह गरेपनि भारतले अटेरी गरेको थियो। 

    प्रधानमन्त्री मोदी स्वयम् इरानमै पुगेर सम्झौतामा हस्ताक्षर गरेका थिए। सो सम्झौताअनुसार चाबहार रेल परियोजनाको लाइन बिछ्याउने काममा इन्डियन रेल्वेज कन्स्ट्रक्सन लिमिटेड संलग्न हुने निश्चित गरिएको थियो। 

    भारतसँगको सम्झौता उधारो र कहिल्यै कार्यान्वयन हुने नदेखिएपछि इरानले चीनलाई सहयोगका लागि आग्रह गरेको थियो। हालै दुई देशबीच यो परियोजना बनाउन चार खर्ब अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको बीबीसी हिन्दीमा उल्लेख छ। चीनको सहयोगमा इरानले गत सातादेखि काम अघि बढाइसकेको छ।

    भारत र चीनबीच तनाव बढिरहेका बेला इरानले चालेको यो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ। चीनले सहायता दिएपछि इरानले अब यो रेलमार्ग अफगानिस्तानको जारान्जसम्म विस्तार गरिने जनाएको छ। समयमै काम भए सन् २०२२ को मार्चसम्ममा यो परियोजना सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]