अर्थ

यार्सागुम्बालाई आइयुसीएनले जोखिमको सूचीमा राख्यो

संकलन र बिक्रीमा निर्भर हिमालय क्षेत्रका बासिन्दा समस्यामा पर्नसक्ने

असार ३०, २०७७

    अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले यार्सागुम्बालाई लोप हुने अवस्थामा रहेको उच्च जोखिम सूचीमा सूचीकृत गरेको छ। हिमालयन भियग्राका नामबाट प्रख्यात यार्सागुम्बा विश्वकै महंगो ढुसी हो। 

    आइयुसीएनले संसारभर रहेका जीवजन्तु र वनस्पतिहरुलाई विभिन्न नौ समूहमा वर्गीकरण गरी गिरावटको दर, जनसंख्याको आकार, भौगोलिक वितरणको क्षेत्र र जनसंख्या तथा वितरण खण्डको डिग्रीद्वारा रेड लिस्टमा राख्नेगर्छ। जुन ९ तारिखमा सार्वजनिक गरिएको रातो सूचीमा कामोत्तेजक र कायाकल्प गुण हुने यार्सागुम्बालाई पनि समावेश गरिएको छ।

    अत्यधिक संकलनका कारण बितेका १५ वर्षमा यार्सागुम्बाको प्राकृतिक उपलब्धता ३० प्रतिशतले घटेको आइयुसीएनले जनाएको छ। झुसिलकीरा र झ्याउको संयुक्त स्वरुपमा रहने यार्सागुम्बा नेपाल, भारत, चीन र भुटानमा रहेका हिमालय क्षेत्रमा पाइन्छ। 

    आइयुसीएनले यार्सागुम्बालाई जोखिमको सूचीमा राखेसँगै अब यसको संकलन र बिक्रीबाट अर्थोपार्जन र जीविकोपाजर्न गरिरहेका हिमालय क्षेत्रमा बासिन्दाहरुलाई समस्या पर्ने देखिएको छ। नेपालमा संकलन हुने यार्सागुम्बालाई चिनियाँहरुले गुणस्तरका आधारमा प्रतिकिलो ५० लाख रुपैयाँसम्म तिरेर खरिद गर्ने गरेको व्यापारीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]