कोभिड-१९ {अपडेट}

१०४ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

असार २९, २०७७

    काठमाडौं :  बेलायतमा १०४ वर्षीया वृद्धाले कोरोना भाइरसलाई जितेकी छन्। अस्पताल नै नगई बेलायतकी ग्रेस ग्रीनवुडले कोरोना भाइरसलाई जितेकी हुन्। 

    पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएको थियो। तर, उमेरका बावजुद पनि उनलाई अस्पताल जानु परेन र उनी घरमै निको भइन्। अहिले उनी पूर्ण रूपमा निको भएको बिबिसीले उल्लेख गरेको छ।

    उनकी नातिनी क्रिस्टल अपोलोनियाले हजुरआमा केही हप्ता अघि बिरामी भएको र अहिले निको भएको जानकारी दिइन्। ​ग्रेस ग्रीनवुडको जन्म बर्मा (म्यानमार)मा भएको थियो। उनले केही समय भारतमा नर्सको रूपमा पनि काम गरेकी थिइन्। उनी १९४६ देखि बेलायतमा बसोबास गर्दै आएकी थिइन्। उनले सन् १९६० मा ब्रेष्ट क्यान्सलाई पनि जितकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]