खेलकुद

बर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार

असार २९, २०७७

    काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनको बर्नमाउथसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर बर्नमाउथसँग ४–१ गोलले पराजित भएको हो। 

    भिटालिटी स्टेडियममा सम्पन्न खेलमा बर्नमाउथको जितमा डोमिनिक सोलान्केले दुई तथा जुनियर स्टानिलासले एक गरे। एक गोल भने लेस्टरले उपहारमा दियो। खेलको २३ औँ मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा लेस्टर १–० गोलले अगाडि रह्यो। तर ६६औँ मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसको एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अग्रता दिलाए। ६७ औँ मिनेटमा काग्लर सोयोन्कु रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटियो। ८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गर्दा बर्नमाउथले ३–१ को अग्रता बनायो। ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीलाई ४–१ को जित सुनिश्चित गराए। 

    जितसँगै बर्नमाउथले ३५ खेलबाट ३१ अंक जोडेको छ। चौथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक छ। त्यस्तै गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले हरायो। यस्तै आर्सनल टोटनह्यामसँग २–१ ले पराजित हुन पुग्यो। गएराति नै भएको अर्को खेलमा उल्भ्ससँग इर्भटन ३–०को हार्यो 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]