समाज

म्याग्दीमा बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ अझै बेपत्ता

सेना र प्रहरीको टोली पनि पहिरोस्थल पुग्यो

असार २७, २०७७

    पर्वत : बिहीबार रातिको पहिरोमा परी म्याग्दीमा बेपत्ता भएकामध्ये २० जना मृत अवस्थामा फेला परेका छन्। नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने शुक्रबार साँझसम्म ३ जनाको शव भेटिएको थियो। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अहिलेसम्म २० जनाको शव फेला परेको र १३ जना अझै पनि बेपत्ता रहेको थाहा खबरलाई बताए।

    शनिबार मौसममा सुधार आएकाले २ वटै हेलिकोप्टर सहजै घटनास्थलमा जान सक्दा उद्धार कार्य तीव्र रूपमा भइरहेको तर मृतकहरू कुन–कुन स्थानीय तहका हुन भनेर यकिन भने गरी नसकिएको उनको भनाई छ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली स्थल मार्ग हुँदै घटनास्थलमा पुगेको छ भने सशस्त्र प्रहरीको टोली बाटोमै रहेको छ। हेलिकोप्टरबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मी जान नसकेका कारण स्थल मार्ग हुँदै गइरहेको टोली पुगेपछि उद्धार कार्य अभैm तीव्र बन्ने डिएसपी कुँवरले बताए।

    अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिमका ३३ जनालाई बेपत्ता बनाएको थियो।

    बिहीबार रातीको पहिरोले ठाउँ ठाउँका सडक भत्किएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा जान नसक्दा उद्धार कार्य नै प्रभावित भएको थियो। स्थल मार्गबाट उद्धार असम्भव भएपछि नेपाली सेना र सडक पहिरोले अवरुद्ध, खराब मौसमका कारण घाइतेको शुक्रवार उद्धार हुन सकेको थिएन।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]