राजनीति

प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर मन्त्रीहरुसँग परामर्श थाले

घेराबन्दी भएपछि सम्भावित कदमबारे छलफल

असार २०, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्नो क्याबिनेटका मन्त्री र राज्यमन्त्रीसँग परामर्श थालेका छन्। 

    मन्त्री र राज्यमन्त्रीसहितको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ पौने ८ बजे सुरू भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीसँग छलफल गरिरहेका छन्। 

    त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुगेका थिए। उनले सम्भावित राजनीतिक कदम र संवैधनिक व्यवस्थाबारे राष्ट्रपतिसँग परामर्श लिएको बताइएको छ।

    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निरन्तर घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केही दिनयता छलफल र बैठकलाई तीव्र बनाएका छन्।

    उनले बालुवाटारमै आफूनिकट पार्टीका नेता, जनवर्गीय संगठनका पदाधिकारीसहितसँग परामर्श गरिरहेका छन्। दाहाल-नेपाल पक्ष कुनै पनि हालतमा दुवै पदबाट बहिर्गमन गराउने अडानमा रहेपछि ओलीले मन्त्रीहरुसँग सम्भावित कदमबारे छलफल गरेका हुन्। 

    आफू नेतृत्वको सरकारमाथि नै चुनौती आइ लागेपछि ओलीले मन्त्रीहरुसँग परामर्श गरेका हुन्। उनले पार्टी विभाजन, संसद विघटन र अन्य राजनीतिक कदमसहितका सबै किसिमका विकल्पमा यसबीचमा छलफल गरिसकेका छन्।

    यसैबीच नेकपाको विवादले पार्टी विभाजनको अवस्थामा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा सचिवालयका ६ सदस्यसहितका स्थायी कमिटी सदस्यहरुको पनि शनिबारै बैठक भएको छ।

    खुमलटारमा भएको भेलामा पार्टीलाई फुटबाट कसरी अगाडि बढाउन सकिन्छ भन्‍नेबारेमा छलफल भएको बताइएको छ। ‘जारी स्थायी कमिटी बैठकमा अब कसरी अगाडि बढ्ने भन्‍नेबारेमा छलफल भएको हो। उहाँहरुले पार्टी फुटलाई जोगाएर कसरी अघि बढ्ने भन्‍नेबारेमा छलफल गर्नुभयो’ खुमलटार स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीको कारणले अब स्थायी कमिटीको बैठक रोक्न नहुनु धारणा राख्नुभएको छ।’

    पार्टी विभाजनको अवस्थामा पुग्दा समेत प्रधानमन्त्री ओली आफ्नो अडानबाटपछि नहटेपटि शनिबार दिउँसो अध्यक्ष दाहाल निवासमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ, जनार्दशन शर्मासहितका नेता भेला भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]