कोभिड-१९ {अपडेट}

रौतहटका दुई नगरपालिका सिल

असार १५, २०७७

    रौतहट : स्थानीय प्रशासनले रौतहटका बौधिमाई नगरपालिका र ईशनाथ नगपालिका सिल गरेको छ ।

    बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्म सिल सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

    सिल गरिएका नगरपालिकाहरुका नागरिकलाई नगरपालिकाबाट वाहिर जान वा बाहिरबाट आउन नपाउन रोक लगाइएको छ।

    बौधिमाई नगरपालिकाको केही कर्मचारीमा संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक अन्तरिक कार्यबाहेक सम्पूर्ण सेवाहरु समेत बन्द गरेको छ। यस्तै बौधिमाई नगरपालिका वडा नम्बर ७ र ८ को कार्यालय पनि बन्द गर्न प्रशासनले आदेश दिएको छ।

    जनप्रतिनिधिसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र सात कर्मचारी गरी कुल १४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका प्रमुख महेश साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]