समाज

कपिलवस्तुमा वन व्यवस्थापनका लागि १२ करोड विनियोजन

असार १३, २०७७

    कपिलवस्तु : कपिलवस्तुमा वन वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा आउने भएको छ। 

    प्रदेश ५ सरकारबाट आर्थिक वर्ष २०७७÷७८ मा कार्यक्रम कार्यान्वयनका लागि १२ करोड २८ लाख बराबरको बजेट विनियोजन गरेको हो। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको वार्षिक कार्यक्रमअन्तर्गत दुई डिभिजन वनमार्फत उक्त रकमको कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्नका लागि रकम छुट्टाएको हो। 

    बजेटमा धेरै रकम वैज्ञानिक वन व्यवस्थापनमा राखिएको छ। वैज्ञानिक वन व्यवस्थापनका लागि ८ करोड रकम विनियोजन गरिएको हो। यस्तै, बाँसजन्य विरुवा रोपणका लागि २८ लाख, वन अतिक्रमण नियन्त्रण गर्नका लागि १४ लाख रकम विकास कार्यक्रमको बजेटमा उल्लेख गरिएको छ।

    यस्तै, वन डढेलो नियन्त्रण रोकथामअन्तर्गत १० लाख, वन क्षेत्रभित्रका खोला, खोल्सा व्यवस्थापन तथा नदीजन्य पदार्थ सङ्कलनमा २० लाख, सामुदायिक वनमा कार्ययोजना कार्यान्वयनमा २० लाख रकम उल्लेख गरिएको छ। 

    विनियोजित बजेटअन्तर्गत वन उद्यम प्रवर्द्धनमा सहयोगमा ४० लाख, वहुवर्षीय विरुवा उत्पादनमा ९० लाख, वन नर्सरी स्तरोन्नतिमा ४० लाख, वृक्षारोपण र विरुवा वितरणमा ३० लाख, एक जिल्ला एक नमुना कृषि वन कार्यक्रमका लागि ३० लाख, वन्यजन्तु उद्धार कार्यक्रम अन्तर्गत पनि १० लाख रकम छुट्ट्याइएको छ । 

    वन पैदावार व्यवस्थापनसम्बन्धी उपकरण खरिद र जडानका लागि २० लाख, जिल्लामा वनसँग सम्बन्धित दिवस समारोह प्रचारप्रचार, पुस्तक प्रकाशनका लागि ११ लाख, जैविक विविधता संरक्षण र प्रवर्द्धनका लागि १० लाख, चोरी कटानी, चोरी सिकारी नदीजन्य पदार्थ चोरी नियन्त्रणका लागि १५ लाख र सिमसार क्षेत्र संरक्षण पोखरी निर्माण कार्यक्रमका लागि ४० लाख बजेट छुट्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]