कोभिड-१९ {अपडेट}

  • कर्णालीमा शुक्रबार थपिए कोरोनाका १ सय जना बिरामी

    दैलेख : शुक्रवार मात्रै कर्णाली प्रदेशमा कोरोनाका १ सय नयाँ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रलय कर्णाली प्रदेशको स्वास्थय सेवा महाशाखाका अनुसार शुक्रवार मात्रै एक सयजना कोरोनाका नयाँ बिरामी फेला परेका हुन्। थपिएका संक्रमितमध्ये दैलेखको दुल्लु नगरपालिका-१...


  • शुक्रबार कर्णालीका ७ संक्रमितले जिते कोरोना

    सुर्खेत : कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ७ जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ पुरुष र एक महिला संक्रमितलाई घर पठाइएको छ।  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्स...


  • नरैनापुरका थप १२ जना कोरोना संक्रमित डिस्चार्ज

    बाँके : नेपालगन्जस्थित लायन्स टेन्टल कोरोना आइसोलेसनमा उपचाररत १२ जना शुक्रबार डिस्चार्ज भएका छन्।  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले नरैनापुर गाउँपालिका २ का १२ जना संक्रमित निको भएर घर फर्केको बताए।  दुई पटक ज...


  • कोरोना बीमा नगर्ने निर्णय २४ घण्टामै उल्टियो

    काठमाडौं : स्थगित गरेको २४ घण्टा नबित्दै कोरोना बीमा सुचारु भएको छ। बीमा समितिले बिहीबार कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो। तर आफ्नै निर्णय उल्टाउँदै समितिले शुक्रबार कोरोना बीमा यथावत राख्‍न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको हो। बिहीबार मात्रै कोरोन...


  • अबदेखि क्‍वारेन्टाइनका सबैको पिसिआर परीक्षण नगरिने

    काठमाडौं : कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा सरकारले क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको पिसिआर विधिबाट कोरोना जाँच नगर्ने भएको छ। भारत तथा तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको कोरोना भाइरस परीक्षण पिसिआर विधिबाट नगरिने भएको हो। स्...


  • चीनपछि युएई र म्यानमारबाट आए नेपाली नागरिक

    काठमाडौं : विश्‍वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तेस्रो मुलुकबाट नागरिक आउन थालेका छन्। यही क्रममा म्यानमारबाट नेपालीहरु आएका छन्।  म्यानमारमा रोकिएका २६ जना नागरिक आइपुगेका  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले...


  • सिन्धुलीमा फेरि थपिए दुई काेराेना संक्रमित

    सिन्धुली : जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमलामाई नगरपालिका ६ शिवनगरस्थित भु तथा जलाधार कार्यालयमा रहेको क्‍वारेन्टाइनमा भारतबाट आई बसेका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।  कमलामाई ११...


  • प्रदेश २ थप २२ जनामा संक्रमण, सबै भारतबाट आएका

    जनकपुरधाम : प्रदेश २ मा शुक्रबार फेरि २२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा संक्रमितको संख्या ९ सय ८३ पुगेको हो।  प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्र...


  • प्रदेश २ मा थपिए २२ जना कोरोना संक्रमित

    जनकपुरधाम : प्रदेश २ मा आज फेरि २२ जना काेराेना संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा संक्रमितको संख्या ९ सय ८३ पुगेको हो। प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङ्गका क्रममा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित भेट...


  • देशभर २७८ संक्रमित थपिए, जम्मा संख्या २९ सय १२ पुग्यो

    काठमाडौं : नेपालमा शुक्रबार एकै दिन २७८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्।  यससँगै नेपालमा जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको छ। हालसम्म देशका ६८ ...


  • कपिलवस्तुमा फेरि थपिए ४४ संक्रमित, संख्या ४ सय ७५ पुग्याे

    कपिलवस्तु। जिल्लामा ४४ जना कोरोना संक्रमित थप भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार दिउँसो महाराजगन्ज नगरपालिकामा १५ पुरुष र यशोधरा गाउँपालिकामा २९ पुरुषमा कोरोना संक्रमण देखिएको हो।  यशोधरा गाउँपालिकामा ८ महिनाको बालकमा पनि कोरोना संक्...


  • भोजपुरमा थपिएका ५ संक्रमित सुनौली हुँदै जिल्ला पुगेका थिए

    धनकुटा : भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। ४८ जनामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।  भारतबाट आए...


  • कोरोना संक्रमितलाई ट्याक्टर चढाएर अस्पताल पठाइयो

    धनकुटा : धनकुटामा कोरोना संक्रमण पुष्टि भएको आठौं व्यक्तिलाई ट्याक्टरमा चढाएर अस्पताल पठाइएको छ। रोजगारीका लागि भारत गएर गत १३ गते आएका शहीदभूमि गाउँपालिका–७ का २७ वर्षीय ती युवालाई उपचारका लागि ट्याक्टरमा राखेर पठाइएको हो। शहिदभूमि गाउँपालिका–१ ध...


  • दैलेखका नारायण नगर र दुल्लु क्षेत्रमा निषेधाज्ञा

    दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कोरोना भाइरसका बिरामी दिनानुदि बढ्दै गएपछि प्रशासनले शुक्रवार साँझबाट लागु हुने गरि दुवै नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।  कोरोना भाइरसका...


  • कोरोना नजिते पनि ६ संक्रमितलाई डिस्चार्ज गरियो

    बैतडी : कोरोना संक्रमित बैतडी ४ सहित ६ जनालाई सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ।  उनीहरुले कोरोनालाई नजिते पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।...


  • सुदूरपश्चिममा फेरि थपिए ६ कोरोना संक्रमति, डडेल्धुराका मात्रै पाँच जना

    डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा सुदूरपश्चिममा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९२ पुगेको छ।  डडेल्धुराका पाँच र कैलालीका एक जनामा कोरोना पुष्टि भएको...


  • प्रदेश २  : तीव्र गतिमा बढ्दै कोरोना संक्रमित, संख्या हजारनजिक

    जनकपुरधाम : प्रदेश २ मा तीव्र गतिमा कोरोना भाइरस संक्रमित बढ्दै गएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार आठ जिल्लामा संक्रमितको संख्या ९६१ पुगेको हो। सबैभन्दा बढी रौतहटमा ३८४ संक्रमित फेला परिसकेका छन्। यस्तै सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९...


  • बच्चाको उपचारमा अस्पताल पुग्दा कोरोना रिपोर्ट 'पोजेटिभ'

    डडेल्धुरा : भारतबाट फर्किएका बझाङक एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।  एक साता अघि मात्रै भारतको दिल्लीबाट फर्किएका  वित्थडचिर गाउँपालिका-७ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालाम...


  • कोरोनामुक्त भएका चार स्वास्थ्यकर्मीलाई दुई हप्तापछि काममा फर्काइने

    धनकुटा :  धनकुटामा कोरोना संक्रमण पुष्टि भएका ४ जना कोरोना मुक्त भएर धनकुटा आएका छन्।  स्थायी ठेगानाका आधारमा धनकुटाका ४ जना स्वनास्थ्यकर्मी डिस्चार्ज भएर धनकुटा आएका हुन्। उनीहरुसँगै अन्य २ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार १ गरि ७ जना डिस्चार्ज भएको धनक...


  • कोरोनाविरुद्धको नेपालको खोपमा डब्ल्युएचओको चासो

    हेटौँडा : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ। अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खो...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]